अस्पतालमा खानेपानीको चरम अभाव

0
Shares

डोटी, २५ असार –  जिल्ला अस्पताल डोटीमा खानेपानीको चरम अभाव भएको छ । निरन्तर भइरहेको वर्षाका कारण पानीको मुहानमा अवरोध हुँदा मुहानबाट निरन्तर पानी आउन सकेको छैन् । वर्षासँगै हुने विभिन्न प्रकारका बिरामी अस्पतालमा आउने गरेकाले पानीको अभावका कारण समस्या सिर्जना भएको जिल्ला अस्पतालका निरीक्षक रमेश मलासीले बताए ।

जिल्लाका ५० गाविस र एक नगरपालिकाको सेवा लिने अस्पतालमा पानी अभावका कारण ग्रामीण भेकबाट सेवा लिन आउने बिरामी मिनरल वाटरले शौचलगायतका खान, हातमुख धुन बाध्य भएको दिपायलका वीरेन्द्र शाहले बताए ।

सदरमुकाम सिलगढीमा नै पानीको हाहाकार भएपछि अस्पतालमा समस्या खड्केको हो । दुई दिन बिराएर मात्रै आउने पानी आजभोलि तीन चार दिनपछि मात्रै आउन थालेको छ ।

पानी आए तापनि धमिलो र खान नमिल्ने खालको रहेको सिलगढीबाट आएकी कल्पना शाहले बताउनुभयो । कल्पनाकाअनुसार हामी गृिहणीका लागि सिलगढीमा धेरै गाह्रो भएको छ, पानी कुन दिन आउँछ आउँदैन थाहा हुदैन ।

सिलगढी खानेपानी उपभोक्ता समितिले यस विषयमा गम्भीर बन्नुपर्ने यहाँका बासिन्दाको भनाइ छ । – रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *