योग तथा ध्यान साधनाको महत्वमा जोड

काठमाडौँ, २२ असार –  स्वस्थ जीवन तथा सभ्य समाज निर्माणका लागि योग तथा ध्यान साधनाको महत्व रहेको औँल्याइएको छ ।

चन्द्रागिरि नगरपालिकाले आज यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले ध्यान साधनाले आफूभित्रको मनलाई चिन्न सकिने र सांसारिक जीवनको यथार्थलाई बोध गराउनेमा जोड दिए ।

ईन्द्र अन्नपूर्ण योग केन्द्रको समन्वयमा भएको उक्त कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद जैसीले ध्यान साधनाले मानिसको मनभित्र आउने खराब चिन्तनलाई न्यूनीकरण गरी सत्मार्गमा लाग्न प्रेरणा प्रदान गर्ने बताए ।

केन्द्रका अध्यक्ष डा. सुभाष घिमिरेले स्वस्थ र सभ्य समाज निर्माणका लागि योगको महत्व रहेको बताए ।

स्थानीय समाजसेवी एवम् राप्रपा नेपालका नेता देवेन्द्र प्रधानले योग अभ्यासबाट शरीरलाई आरोग्य बनाउन सकिने विश्वास व्यक्त गर्दै साधना तथा ध्यानले मनलाई आनन्द प्रदान गर्ने बताए ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रणेन्द्र बराइली र स्थानीयवासी दयाराम थापाले योग तथा ध्यान अभ्यासको महत्वलाई प्रचार गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा केही समय योगाभ्याससमेत गराइएको थियो । – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *