डा. केसीको मागप्रति अख्तियारको आपत्ति

Akthar

काठमाडौँ, १२ असार – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. गोविन्द केसीद्वारा आज जारी विज्ञप्तिमा प्रमुख आयुक्त तथा आयुक्तमाथि मनोगत लाञ्छनासहित महाअभियोग एवम् कारबाही प्रक्रिया अघि बढाउन राखेको मागप्रति आपत्ति जनाएको छ ।

आयोगका प्रमुख आयुक्त र आयुक्तप्रति लक्षित डा केसीको सो माग छुद्रता, अराजकता र अस्वस्थ्य मानसिकताको भएको ठहर गर्दै आयोगले मागको फेहरिस्तमा उल्लेख भएजस्तो कुनै गतिविधि भए पुष्टि गर्न चुनौती दिएको छ ।

“प्रमुख आयुक्तले व्यापारिक स्वार्थ राखेको भन्ने घृणित र निकृष्ट आक्षेप पुष्टि गर्न डा केसीलाई पुनःचुनौती दिँदै उक्त आक्षेप पुष्ट्याइँ गरिदिएका खण्डमा प्रमुख आयुक्तले पदीय जिम्मेवारीबाटै सन्यास लिने उनकोनिजी घोषणासमेत सार्वजनिक गर्छ”– आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आयोगले नेपाली स्वास्थ्य क्षेत्रमा विद्यमान अराजकता, दण्डहिनता, माफियातन्त्र र सबै प्रकृतिका असङ्गतिको अन्त्यका निम्ति सर्वथा क्रियाशील रहने दृढता व्यक्त गरेको छ ।

हेर्नुहोस् वक्तव्यको पूर्णपाठ

press1

press2

press3

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *