खुट्टामा किरा परेका बेवारिसे मानिस छट्पटाइरहेको अवस्थामा भेटिए

डोटी, १० असार –  डोटीको सानागाउँ गाविसमा दुवै खुट्टामा किरा परेका बेवारिसे एक मानिस बिहीबार फेला परेका छन् ।

अन्दाजी ५०/५५ वर्ष उमेरका देखिने तर बोल्नै नसक्ने ती मानिसलाई सानागाउँ–७, मसानघाटमा फेला पारेको सानागाउँ प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक नवराज अवस्थीले जानकारी दिए ।

बेवारिसे अवस्थामा जीवित तर छट्पटाइरहेको मानिस खोलामा रहेको भन्ने हल्ला सुनेपछि नेपाल रेडक्रस सोसाइटी डोटीका सभापति लक्षीराम कुँवरसहित स्थानीय शिक्षक र प्रहरीले ती मानिसको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

उनको सानागाउँ स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि अहिले जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

सडकबाट झन्डै ४५ मिनेट टाढा रहेको सानागाउँ, काडामाडौँ र गैरागाउँ गाविसको बीचमा पर्ने खोलामा ती व्यक्ति फेला परेको डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज बिष्टले जानकारी दिए । ती व्यक्तिको वास्तविक नाम ठेगाना खुल्न नसके तापनि नेपाली मूलकै रहेको प्रहरीले जानकारी दिएको छ । – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *