अनौठो रोगका कारण विद्यार्थी बेहोस, विद्यालयमा तनाव
झापा, ७ असार – झापाको कनकाई नगरपालिकामा पर्ने सुरुङ्गामा रहेको मेरीगोल्ड अङ्ग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी अनौठो रोगका कारण दिनहुँ बेहोस हुन थालेपछि विद्यालयमा तनाव सिर्जना भएको छ ।
विद्यालयका प्रधानाध्यापक गोकुल उप्रेतीका अनुसार आइतबार कक्षा ७ मा अध्ययनरत सातजना छात्रा एकै पटक बेहोस भएका थिए भने सोमबार पनि विद्यार्थी बेहोस भएपछि विद्यालयमा तनाव सिर्जना भएको हो ।
कक्षामा अध्ययनरत रहेकै बखत विद्यार्थी बेहोस हुन थालेपछि उनीहरुलाई स्थानीय मेरिगोल्ड हस्पिटलमा पु¥याइएको थियो । हस्पिटलमा रहेका चिकित्सकले समेत अनौठो रोगका कारण विद्यार्थी बेहोस भएको बताएपछि अभिभावक र विद्यालय परिवार चिन्तित बनेको विद्यालयका प्रधानाध्यापक उप्रेतीले बताए।
चौध जना विद्यार्थी बेहोस भएपछि विद्यालय प्रशासन र अभिभावक निक्कै चिन्तित बनेका छौँ, विद्यालयका प्रधानाध्यापक उप्रेतीले भने। विद्यार्थी बेहोस हुन थालेपछि कक्षा ७ को दुई दिनका लागि कक्षा बन्द गरिएको उप्रेतीले बताए । – रासस
सम्पर्क इमेल : [email protected]