नक्कलीको आरोपमा शुक्रबार मात्रै उपत्यका बाहिरबाट १८ जना र उपत्यकाबाट १६ डाक्टर पक्राउ !

cib

काठमाडौँ, ४ असार – नक्कली शैक्षिक प्रमाणपत्र भएका काठमाडौँ, विराटनगर, वीरगञ्ज र चितवनबाट करिब तीन दर्जन चिकित्सकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सक खोज्ने र पक्राउ गर्ने अभियान सशक्त र प्रभावकारी बनाएसँगै शुक्रबार ठूलो सङ्ख्यामा चिकित्सक पक्राउ परेका हुन् ।

शुक्रबारमात्र विराटनगर, वीरगञ्ज, चितवनलगायत उपत्यका बाहिरबाट १८ जना र काठमाडौँमा १६ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

ब्युरो प्रहरीले चार महिनाअघि ‘क्वाक’ अप्रेसनका नाममा सुरु गरेको नक्कली शैक्षिक प्रमाणपत्र भएका चिकित्सकको खोजी अनुसन्धान र पक्राउ अभियानमा यसअघि १७ जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा वरिष्ठ तथा सरकारी अस्पतालमा लामो समय बिताएका चिकित्सकसमेत छन् ।

काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत केही चिकित्सकसमेत पक्राउ परेका तर उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । झापादेखि कञ्चनपुरसम्मका विभिन्न सरकारी तथा गैरसरकारी अस्पताल र क्लिनिकमा कार्यरत चिकित्सकको शैक्षिक प्रमाणपत्र अनुसन्धान भइरहेको ब्युरो प्रहरीले जानकारी दिएको छ । अनुसन्धान टोली केन्द्रबाट खटेको हो ।

त्यसैगरी कैलाली, बाँके, दाङ, बुटवल, वीरगञ्ज, झापा र विराटनगरमा ब्युरो प्रहरी नक्कली चिकित्सकको विषयमा अनुसन्धान गर्न सक्रिय छ । मुलुकभर एक सय जनाभन्दा बढी नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सक रहेको अनुमान ब्युरो प्रहरीको छ ।

  • आजको गोरखापत्रमा समाचार छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “नक्कलीको आरोपमा शुक्रबार मात्रै उपत्यका बाहिरबाट १८ जना र उपत्यकाबाट १६ डाक्टर पक्राउ !

  1. धेरै राम्रो काम गरेको छ CIB ले कहियौँ समय देखि नक्कली सर्टीफिकेट ले नरशिंह र मेडिकल मात्र सुई घोच्नु मात्र सिकेर इंडिया मा गइ नक्कली सर्टीफिकेट पुरै सक्कल्ली ठाउँ बाटै बनायर ल्याई डाक्टर काम गरेर क्लिक र होस्पिताल्यात्रा तत्र च्याप च्याप्ति असली डाक्टर हरु को बेज्यत भै दुनिया निर्दोष दुखि बिमारी हरु को गरिब हरु को पैसा लुटेरा प्रसुती ज्यान लुटेरा अर्काको सास भुत्कै देका छन यस्ता हरु लाई कडा भन्दा कडा कारवाही हुनु पर्छ, पुरै उनीहरुको पढेको SCHOOL कलेज को हाजिरी खाता सहित र दर्ता नम्बर चिनेको संगैको साथी हरु कलेज पढ्दाको ग्रुप फोटो बिदाई फोटो आदि इत्यादी प्रमाण हरु खोजेर कारवाही गर्नु पर्छ,

Leave a Reply to KUMARI Cancel reply

Your email address will not be published. Required fields are marked *