शासकीय सुधारमा स्वास्थ्यका विषय : यी हुन् २० दिनमा भएका मुख्य पाँच प्रगति

264
Shares

काठमाडौँ २ बैशाख । गत १३ बैशाखमा गठन भएको बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले १०० दिनमा गर्ने शासकीय सुधारका १०० बुँदामा कामहरु सार्वजनिक गर्ने निर्णय गरेको थियो । त्यसको अर्को दिन १०० बुँदा सार्वजनिक भयो र त्यसमा स्वास्थ्यको विषय पनि परेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शासकीय सुधारका १०० बुँदामध्ये स्वास्थ्य क्षेत्रसंग सम्वन्धित कार्यहरुलाई तिब्रताका साथ कार्यान्वयनमा ल्याउन थालिएको जनाएको छ ।  उसले हरेक १० – १० दिनमा आफ्ना कार्यप्रगति समेत सार्वजनिक गर्ने गरेको छ ।

सरकार गठन भएको आज २० दिनमा शासकीय सुधारमा भएका कामको विवरण दोस्रो पटक सार्वजनिक गरेको छ ।

हेर्नुहोस प्रगति विवरण:

  • विपन्नका लागि निःशुल्क उपचार: विपन्न, असहाय र बेवारिसे नागरिकको उपचारमा पहुँच सुनिश्चित गर्न र अस्पतालहरूको सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्न ‘Free Health Portal’ सञ्चालनमा ल्याइएको छ। हालसम्म १५ वटा अस्पतालले कुल शय्याको १० प्रतिशत निःशुल्क उपलब्ध गराउने विवरण यस पोर्टलमा प्रविष्ट गरिसकेका छन्।
  • अस्पताल सेवा सुधार र अनुगमन: सरकारी अस्पतालहरूमा स्वास्थ्यकर्मीको उपस्थिति, व्यवहार, सरसफाइ र सेवाको आधारभूत मापदण्ड सुनिश्चित गर्न ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ लागू गरिएको छ। यस अन्तर्गत ३० वटा अस्पतालमा सरसफाइ, कर्मचारी उपस्थिति र गुनासो सुनुवाइका लागि फोकल पर्सन तोक्ने कार्य सुरु भइसकेको छ।
  • जलन उपचार सेवा विस्तार: जलनका बिरामीको प्रभावकारी उपचारका लागि ९ वटा संघीय अस्पताल र सातै प्रदेशका १४ गरी जम्मा २३ वटा अस्पतालमा सेवा सञ्चालनको तयारी पूरा गरिएको छ।
  • आकस्मिक एयर एम्बुलेन्स सेवा: दुर्गम पहाडी क्षेत्रमा आपतकालीन स्वास्थ्य सेवाका लागि एयर एम्बुलेन्सलाई ‘स्ट्यान्डबाई’ राखिएको छ। यसका लागि ११ वटा हेलिकप्टर कम्पनीहरू सहुलियत दरमा मेडिकल इभाकुएसन (Medical Evacuation) सेवा उपलब्ध गराउन सहमत भएका छन्।
  • गुनसो सम्वोधन : स्वास्थ्य तथा जनसङ्ख्यम मन्त्रालयले गुनासो व्यवस्थापनको लागि QR Code बाट प्राप्त ३१२२ मध्ये २६७१ को विश्लेषण गरी समाधानको लागि सम्वन्धित अस्पताल तथा निकायहरुसंग समन्वय भैरहेको छ ।

सुधारका अन्य प्रयासहरू:

• सरकारी अस्पतालका फार्मेसीहरूमा औषधिको मौज्दात र मूल्य देखिने डिजिटल प्रणाली र ‘सुलभ फार्मेसी’ सञ्चालनको कार्य आरम्भ गरिएको छ।
• बिरामीको उपचार इतिहास र रिफरल प्रणालीलाई व्यवस्थित गर्न एकीकृत डिजिटल स्वास्थ्य सूचना प्रणाली विकासको क्रममा रहेको छ।
• अनावश्यक निजी अस्पतालमा रिफर गर्ने प्रवृत्ति नियन्त्रण गर्न ‘प्रेषण निर्देशिका २०८२’ बमोजिम अस्पतालहरूले आफ्नै प्रोटोकल बनाई कार्यान्वयन सुरु गरेका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *