गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री बने लक्ष्मणबहादुर पाण्डे

पोखरा, २ बैशाख । गण्डकी प्रदेशको नयाँ स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डे बनेका छन् । बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् हेरफेर गर्दा पाण्डेले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
उनी नेकपा एमालेका प्रदेश सांसद हुन् । उनी गत प्रदेश सभा निर्वाचनमा नवलपुर २ (ख)बाट विजयी भएका भएका हुन् ।
यसअघि गण्डकीको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक थिए ।
नवनियुक्त स्वास्थ्यमन्त्री पाण्डेसहित अन्य मन्त्रीहरुहरुले प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ लिएर पदवहाली गरिसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 
