केएमसी अस्पतालको चौथो तल्लाबाट हाम फालेर आत्महत्या !

10.3k
Shares

kmc1काठमाडौँ, ३२ जेठ – सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी)को चौथो तलाबाट हामफालेर एक व्यक्तिले आत्महत्या गरेका छन् ।

मंगलबार बिहान करिब पाँच बजे मर्निङवाक निस्किएका ५२ बर्षीय गोपिकृष्ण बस्ताकोटीले विहान पौने सात बजे अस्पतालको चौथो तल्लाबाट हामफालेका थिए ।

हामफाल्दा गम्भीर घाइते गोपिकृष्णको उपचारका क्रममा बिहान आठ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले अस्पतालको चौथो तलामा गोपिकृष्णले लगाएको जुत्ता फेला पारेको छ भने उनको गोजीमा सुसाइड नोट भेट्टाएको छ ।

महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी नवराज कार्कीले भने, ‘घटनाको विषयमा अनुसन्धान भइराखेको बताए । उनले यथार्थ विवरणका लागि अस्पतालसँग सिसिटिभी फुटेज मागि अनुसन्धान अघि बढाइएको बताए । बस्ताकोटीको शव पोष्टमार्टमको लागि त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल लगिएको डिएसपी कार्कीले बताए ।

बस्ताकोटीले एक टुक्रा कागजको दुई साइडमा सुसाइड नोट लेखेरै हाम फालेको भेटिएको छ । सुसाइट नोटमा , ‘अस्पताललाई क्षतिपूर्ति नमाग्नु, दोष मेरो । सोझै लाश बुझ्नु ।’ भनिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *