केएमसी अस्पतालको चौथो तल्लाबाट हाम फालेर आत्महत्या !

kmc1काठमाडौँ, ३२ जेठ – सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी)को चौथो तलाबाट हामफालेर एक व्यक्तिले आत्महत्या गरेका छन् ।

मंगलबार बिहान करिब पाँच बजे मर्निङवाक निस्किएका ५२ बर्षीय गोपिकृष्ण बस्ताकोटीले विहान पौने सात बजे अस्पतालको चौथो तल्लाबाट हामफालेका थिए ।

हामफाल्दा गम्भीर घाइते गोपिकृष्णको उपचारका क्रममा बिहान आठ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले अस्पतालको चौथो तलामा गोपिकृष्णले लगाएको जुत्ता फेला पारेको छ भने उनको गोजीमा सुसाइड नोट भेट्टाएको छ ।

महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी नवराज कार्कीले भने, ‘घटनाको विषयमा अनुसन्धान भइराखेको बताए । उनले यथार्थ विवरणका लागि अस्पतालसँग सिसिटिभी फुटेज मागि अनुसन्धान अघि बढाइएको बताए । बस्ताकोटीको शव पोष्टमार्टमको लागि त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल लगिएको डिएसपी कार्कीले बताए ।

बस्ताकोटीले एक टुक्रा कागजको दुई साइडमा सुसाइड नोट लेखेरै हाम फालेको भेटिएको छ । सुसाइट नोटमा , ‘अस्पताललाई क्षतिपूर्ति नमाग्नु, दोष मेरो । सोझै लाश बुझ्नु ।’ भनिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *