नर्भिकले गर्‍यो पहिलो इण्डोस्कोपिक अल्ट्रासाउण्ड कार्यशाला

20160612_115224काठमाडौँ ३१ जेठ – थापाथलिस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले इण्डोस्कोपिक अल्ट्रासाउण्ड विधि सम्वन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । प्रत्यक्ष अवलोकन विधिबाट गरिएको उक्त कार्यशालामा नर्भिक सहित, त्रिवि शिक्षण अस्पताल, बीर अस्पताल, नेपाल क्यान्सर लगायतका अस्पतालमा कार्यरत २० जना पेटरोग विशेषज्ञ सहभागी थिए ।

पेटरोग सम्वन्धी धेरै समस्याहरु समयै पत्ता नलाग्दा विरामी मात्रै नभई चिकित्सक समेत हैरान हुने गरेका छन् । यस्तो समस्यालाई चिर्न कार्यशाला गोष्ठ आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यशालाबाट इण्डोस्कोपिक अल्ट्रासाउण्ड प्रविधिका कारण पाचन प्रणालीभित्र र बाहिरका अङ्गहरूमा हुने असामान्य घाउ, खटिरा (रोग) हरू पत्ता लगाउने चमत्कारिक तरिका चिकित्सकहरूले प्राप्त गरेको समेत चिकित्सकको दावी छ ।

गोष्ठीले पेटरोग विशेषज्ञहरू (ग्यास्ट्रोइन्टेरोलोजिष्ट) लाई बिरामीको पाचन संयन्त्र भित्रका गाँठा गुठी (लिम्फ नोड्स), फोक्सो, अग्नाशय (प्यान्क्रियाज) र कलेजो जस्ता अङ्ग–प्रत्यङ्गहरूको अवस्था र तिनमा भएका असामान्य गडबडीको तथ्य पत्ता लगाउने सहजिकरण गरेको समेत बताइएको छ ।

नर्भिकले करिब अठार महिना पहिले यस्तो सेवा सुरु गरेको थियो । यसअवधीमा एक सय जना विरामी लाभान्वित भएको बताइएको छ । यस प्रयोजनका निमित्त नर्भिकको पेटरोग विशेषज्ञहरूको टोलीले पेन्टाक्सEG – 3870UTK लिनियर (Linear – Array) अल्ट्रासाउण्ड ग्यास्ट्रोस्कोप औजारको प्रयोग गरिरहेको छ ।

छिमेकी राष्ट्र भारतका धेरैजसो प्रमुख हस्पिटलहरूमा इण्डोस्कोपिक अल्ट्रासाउण्ड प्रविधिको व्यापक प्रयोग भइरहेको भएता पनि नेपालमा भने हालसम्म पनि यो प्रविधि उपलब्ध थिएन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *