गिरिजाप्रसादको ‘सम्मान’मै गोलमाल !

girija pd koiralaकाठमाडौँ, ३० जेठ – कार्यकारी निर्देशक र सञ्चालक समितिमा रहेका ‘पहुँचदार’ एक सदस्यबीचको विवादले ६ वर्षअघि सुरु भएको स्वर्गीय गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास उपचार केन्द्र निर्माण प्रक्रिया त्यसै अलपत्र छ।

केन्द्र (अस्पताल) निर्माण सुरु नभए पनि कर्मचारीले ८ करोडभन्दा बढी तलबभत्ता सिध्याइसकेका छन् भने गाडी, इन्धनलगायत विभिन्न सुविधाभोग गरिरहेका छन्।

पूर्वप्रधानमन्त्री कोइरालाको श्वासप्रश्वाससम्बन्धी रोगले निधन भएपछि जनआन्दोलन–२ को नेतृत्वकर्ता हैसियतमा उनलाई सम्मान दिन तत्कालीन माधवकुमार नेपाल नेतृत्व सरकारले अस्पताल स्थापना गर्ने निर्णय गरेको थियो।

सुरुमा जग्गा किचलोका कारण थन्किएको उक्त योजना अहिले कार्यकारी निर्देशक डा। यज्ञबहादुर भण्डारी र सञ्चालक समिति सदस्य रामकुमार भण्डारीबीचको जुँगाको लडाइँले थलिएको हो। स्रोतअनुसार सदस्य भण्डारी कोइरालापुत्री सुजातानिकट रहेकै कारण निर्देशकमाथि हाबी छन्।

अस्पतालको भौतिक संरचना निर्माणमा ‘सिन्को नभाँचेु पनि उक्त केन्द्र’ सरकारी सुविधा र बजेट सिध्याउनेु थलो बनेको छ। ६ वर्षयता केन्द्रका लागि छुट्ट्याइएको करिब ८ करोड रुपैयाँ बजेटमा पदाधिकारी र कर्मचारीबीचको ‘हानथाप’ ले निर्माण कार्य त के बैठकसम्म हुन छाडेको छ। अधिकांश बजेट सीमित पदाधिकारीको यातायात खर्च, बैठकभत्ता र भ्रमणभत्तामा सकिने गरेको छ।

  • आजको नागरिक दैनिकमा दीपक दाहालको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *