उभिएर काम गर्नु स्वास्थ्य र कामको दृष्टिले अति प्रभावकारी : अध्ययन

standing working

एजेन्सी – एकै ठाँउमा बसेर काम गर्नु भन्दा उभिएर काम गर्नु स्वास्थ्यका लागि उपयुक्त मानिन्छ । विशेषगरी ढाड, खुट्टा, घाटी र पुरै शरीरका लागि उभिएर काम गर्नु लाभदायी भएको चिकित्सकहरु बताउछन् । तर उभिएर कामको फाइदा यतिमै सिमित रहेन् ।

हालै गरिएको एक अध्ययनले कार्यक्षेत्रमा उभिएर काम काम गर्दा त्यसको उपलव्ध बसेर काम गर्नु भन्दा कैयौँ गुना बढी हुने देखाएको छ ।

गत मे २४ मा आइ.आइ.ई.टी.ओ.ई.एच.एफ नामक जर्नल मा प्रकाशित एक अध्ययनका अनुसार कार्यक्षेत्रमा बसेर काम गर्नेको भन्दा उभिएर काम गर्नेहरुको उपलव्धी ४६ प्रतिशत बढी हुने गरेको देखाएको छ ।

अध्ययनकर्ताले एक औषधी कम्पनीले उभिएर काम गर्ने डेस्क किने पश्चात त्यसको ६ महिनासम्म कर्मचारीको कार्य प्रभावकारिताको अध्ययन गरेका थिए । कर्मचारीले दैनिक ग्राहकसँग उनिहरुको स्वास्थ्य र कम्पनीको सरसामान बारेमा कुरा गर्थे । अध्ययनको मापनमा कार्य उपलब्धी, नयाँ ग्राहक कति बने र पुराना ग्राहकको सेवा लिइराख्ने चाहनालाई आधार बनाइएको थियो ।

एक महिना पछि उभिएर काम गर्ने कर्मचारीहरुको उपलव्धी हेर्दा बसेर काम गर्नेहरुको तुलनामा २३ प्रतिशत बढी देखियो । त्यसको ५ महिनामा उपलब्धी ५३ प्रतिशत ले बढ्यो । समग्रमा ६ महिनामा बसेर काम गर्नेको तुलनामा उभिएर काम गर्ने कर्मचारी ४६ प्रतिशत बढी उपलब्धी जनक रहेको देखियो ।

अध्ययनका प्रमुख प्रोफेसर एडम पिकेन्स भन्छन्, ‘कुनै कार्यालयमा यदि उभिएर काम गर्ने खालको डेस्कको खरिद र माहोल सृजना गर्न चाहन्छ भने यसले कर्मचाीको स्वास्थ्य र कार्यप्रभावकारी दुवैलाई फाइदा पुर्याउँछ ।’

स्वास्थ्य बिशेषज्ञका अनुसार २१औं शताब्दीमा हाम्रो स्वास्थ्यको गुणस्तरमा कमी आउनुको प्रमुख कारण बाहिरको प्रोसेस्ड खाना (जंक फूड) र हाम्रो एकै ठाउँमा बसेर काम गर्ने शैली हो ।

एकैठाउँमा बस्नु भन्दा पनि उभिनु ढाड, घाँटी, र पुरै शरीरको लागि उपयुक्त मानिन्छ । यति मात्रै नभई अध्ययनले कार्यक्षेत्रमा उपलब्धी बढाउन पनि उभिएर काम गर्नु जरुरी रहेको निचोड निकालेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *