मन्त्रिपरिषद् बैठक : स्वास्थ्यका तीन जना एघारौँ तहमा नियुक्त

0
Shares

11 copy

काठमाडौँ, २६ जेठ – सरकारले स्वास्थ्य सेवा हेल्थ इन्फेक्सन समूह अधिकृत एघारौँ तहमा भोगेन्द्रराज डोटेल, झलक शर्मा पौडेल र चन्द्रदेव महतोलाई बढुवा गरी नियुक्ति गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गरी नियुक्ति गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयको बढुवा समितिले गत १ फागुनमा ती तीन जनालाई बढुवा गर्न लोकसेवालाई सिफारिस गरेको थियो । सोही सिफारिसलाई आयोगको १३ जेठमा बसेको बैठकले बढुवा गर्ने निर्णय गरेको थियो ।

आयोगको सोही निर्णयलाई आज बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको बैठक पछि उद्योगमन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *