सात चिकित्सक र तीन ल्याव टेक्निसियन नवौँ तहमा बढुवा

काठमाडौँ, २६ जेठ – लोक सेवा आयोगले मेडिकल ल्याव टेक्नोलाजी समूहको मेडिकल ल्याव टेक्नोलोजिष्ट उपप्रमुख पद अर्थात नवौँ तहमा तीन जनालाई बढुवा गर्ने निर्णय गरेको छ । गत १७ जेठको निर्णय अनुसार ती पदमा क्रमश ध्रुबकुमार खड्का, नारायणबहादुर कार्की र श्रवणकुमार मिश्र रहेका छन् ।

त्यसैगरी आयोगले रिक्त रहेको एकीकृत चिकित्सा समूहको उपस्वास्थ्य प्रशासक तथा प्रमुख जिल्ला प्रशासक पदमा सात जनालाई नवौँ तहमा बढुवा गरेको छ ।

त्यसरी बढुवा हुनेहरुमा डा. रामराज पन्थी, डा. यदुचन्द्र घिमिरे, डा. सुरेन्द्रप्रसाद चौरसिया, डा. भेषराज पोखरेल रहेका छन् । त्यस्तै डा. युबराज पोखरेल, डा. उमाशंकरप्रसाद चौधरी र डा. माधवप्रसाद लम्साल पनि नवौँ तहमा बढुवा भएका छन् ।

DSC09358

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *