प्रसूतिगृहमा टेष्टट्युब बेबी सेवा लिन अग्रिम बुकिङ

prasuti

काठमाडौँ, २४ जेठ – भूकम्पपछि बन्द भएको परोपकार प्रसूतिगृह, थापाथलीमा ‘टेस्टटयुब बेबी’ सेवा लिन १ सय ५० भन्दा बढी महिलाले नाम दर्ता गराएका छन् ।

तीमध्ये भूकम्पको केही दिनअघिसम्म पाँच निस्सन्तान महिलाले सेवा लिन शुल्क तिरिसकेका छन् । भूकम्पका कारण ६२ शय्याको भवनमा क्षति पुग्दा टेस्टटयुब बेबीसम्बन्धी सबै सेवा ठप्प भएको थियो । अब बन्द नहुने गरी टेस्टटयुब बेबी सेवा सञ्चालनमा ल्याउने अस्पतालको तयारी छ ।

सरकारीस्तरमा पहिलोपटक प्रसूतिगृहले आइभिएफ प्रविधिबाट (पुरुषको शुक्रकिट र महिलाको डिम्ब एउटै प्लेटमा राखी प्रयोगशालामा परीक्षण गरिने) यो सेवा सञ्चालनमा ल्याएको थियो ।

अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले प्रसूतिगृहमा भूकम्पबाट क्षति पुगेका पूर्वाधारको पुनस्निर्माण भइरहेको र असारदेखि नै टेस्टटयुब बेबी सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेको जानकारी दिए ।

सेवा सञ्चालनमा नआएकै कारण निस्सन्तान दम्पती महँगा निजी अस्पतालमा चर्को शुल्क तिरेर टेस्टटयुब बेबीको सुविधा लिन बाध्य छन् । २०७१ सालमा प्रसूतिगृहले सेवा सुरु गरेको थियो ।

हालसम्म २७ दम्पतीले टेस्टटयुब बेबी पाइसकेका छन् । निजी अस्पतालमा पाँचदेखि ६ लाखसम्म लाग्ने टेस्टटयुब बेबीका लागि प्रसूतिगृहमा प्रतिदम्पती एक लाख ६० हजार रुपैयाँसम्म शुल्क तिरे पुग्छ । आ

आईभीएफ  प्रविधिमा पुरुषको शुक्रकिट र महिलाको डिम्ब एउटै प्लेटमा राखी प्रयोगशालामा राखिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *