पीसीएल नर्सिङ र स्वास्थ्य सहायक ( एचए) दोस्रो बर्षको परीक्षाफल प्रकाशित

0
Shares

ctevtभक्तपुर २३ जेठ – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)ले गत मंसिर महिनामा संचालित पीसीएल नर्सिङ र स्वास्थ्य सहायक ( एचए) दोस्रो बर्षको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

प्रकाशित नतिजा अनुसार एचएमा सबैभन्दा बढी विद्यार्थी फेल भएका छन् । एचएको तुलनामा नर्सिङ विद्यार्थीको पास प्रतिशत दुई गुणा बढी छ । सिटिभिइभिटीका अनुसार पिसिएल नर्सिङ दोस्रो वर्षको नतिजामा नियमिततर्फ ९४ प्रतिशत विद्यार्थी पास भएका छन् ।

नियमिततर्फ ३ हजार ८ सय ३७ जनाले परीक्षा दिएकोमा ३ हजार ६ सय जना पास हुन सफल भएका हुन् । यस्तै आंशिकतर्फ भने ७४ प्रतिशत मात्र पास भएका छन् । आंशिकतर्फ ३ सय १२ जनाले परीक्षा दिएकोमा २ सय १५ जना पास भएका छन् ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला  

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *