गर्भावस्थाका बेलामा आँप खानुका पाँच फाइदा

mango
गर्भावस्थाका बेलामा महिलालाई प्रशस्त मात्रामा पौष्टिक तत्वको आवश्यकता पर्दछ । नौं महिनासम्म गर्भवती महिलाले अन्य अवस्थामा भन्दा बढी मात्रामा खानेकुरा खानु जरुरी हुन्छ ।

त्यसैले यस्तो बेलामा बिभिन्न किसिमका फलफूल तथा तरकारीहरु खानु उत्तिकै जरुरी हुन्छ । गर्भवती महिलाले खाने पोषक तत्वद्धारा पेटको बच्चामा पोषक तत्व प्राप्त हुन्छ । त्यसैले गर्भावस्थाका बेलामा प्रशस्त मात्रामा पोषक तत्व खाने गर्नु पर्दछ ।

१.  मौसमी फल तथा फलफूलको राजा भनेर चिनिने आँपमा भिटामिन ए, सी, भिटामिन बी६ का साथै पोटाशियम, फ्लोरिक एसिड पाइन्छ । जुन गर्भवती महिलाका लागि आवश्यक हुन्छ ।

२. आँपमा एन्टी अक्सिडेन्ट हुन्छ जसले शरीरमा रोगप्रतिरोधात्म क्षमतामा बृद्धि गर्न मद्दत गर्छ ।

३. आँपको सेवनले शरीरमा शक्ति पैदा गर्नुका साथै आँपमा प्रशस्त मात्रामा आइरन पाइन्छ जसले शरीरमा रगत बढाउनुका साथै एनिमियाको समस्याबाट मुक्ति मिल्छ ।

४. गर्भावस्थाका बेलामा आँपको सेवन गर्नाले पाचन सम्बन्धी समस्याबाट छुटकारा पाउन मद्दत गर्छ । साथै गर्भावस्थामा हुने कब्जियतबाट आराम मिल्छ ।

५. आँपमा प्रशस्त मात्रामा फाइबर हुन्छ यसको सेवनले गर्भावस्थाका बेलामा हुने ब्लडप्रेशरको लेवललाई नियन्त्रण गर्न मद्दत गर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *