स्वास्थ्यका कर्मचारीले पाएनन् पदक
काठमाडौँ १६ जेठ – स्वास्थ्य मन्त्रालयका अप्राविधिक कर्मचारीहरु नवौँ गणतन्त्र दिवशको अवसरमा राष्ट्रपतिद्धारा प्रदान हुने विभिन्न मानपदवी तथा पदकहरु पाउनबाट बन्चित भएका छन् । यद्धपी विभिन्न अस्पताल तथा स्वास्थ्य चौकीमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी गरी १३ जनाले भने विभिन्न पदक पाएका छन् ।
मन्त्रालयका अधिकारीहरुले गतवर्ष भूकम्प जाँदा होस या त्यसपछिको व्यवस्थापनमा अरु मन्त्रालयको तुलनामा स्वास्थ्य मन्त्रालयका कर्मचारीले उत्कृष्ठ काम गरेको दावी गर्दै आएका थिए । तर सम्मानित र पुरस्कृत हुने बेलामा उनीहरु ओझेल परेका छन् ।
मन्त्रालयका एक अधिकारीले स्वास्थ्यका कर्मचारीले गरेको गरेको योगदानको राज्यले मूल्यांकन नगरेको बताए । उनले भने, ‘भूकम्प देखि पुर्न निर्माणको काममा रात दिन नभनी स्वास्थ्यका कर्मचारी खटिरहे तर एउटा पदक दिइएन यसले स्वास्थ्यका कर्मचारीहरुको मनोवललाई उत्साह थप्ने काम भएन् ।’
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




