यी हुन् गणतन्त्र दिवसमा पदक पाउने चिकित्सक तथा स्वास्थ्यकर्मीहरु

1.3k
Shares

rastpati ofcieकाठमाडौं, १५ जेठ – गणतन्त्र दिवशको अवसरमा प्रदान हुने विभिन्न पदक तथा विभुषणबाट यसबर्ष १० चिकित्सक सहित १३ जना स्वास्थ्यकर्मी सम्मानित भएका छन् ।

सुप्रवल जनसेवा श्री पाउनेमा बरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, बरिष्ठ चिकित्सक डा. वीरेन्द्र कुमार विष्ट, मुुटुरोग विशेषज्ञ डा. यादवदेव भट्ट, मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाह रहेका छन् । त्यसैगरी  डा. नरेशकुमार गिरी वीरन्द्र छाउनी अस्पताल, डा. अशोक बास्कोटा वि एण्ड वि, र  डा. राजकुमार रौनियार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पनि  पदकबाट विभूषित भएका छन् ।

यसैगरी प्रबल जनसेवा श्री पाउनेमा डा. राजन पाण्डे भेरिअञ्चल अस्पताल बाँके,  किष्ट मेडिकल कलेजका डा. सुरज बज्रचार्य, प्रहरी अस्पतालका डा. सञ्जयविक्रम श्रेष्ठ र सशस्त्र प्रहरी अस्पतालका कुल नेम्वाङ रहेका छन् ।

रुपेन्देही जिल्लाबाट महिला स्वास्थ्य स्वयम् सेविका विष्णु कुमारी थापा  र रुम स्वास्थ्यचौकीकी अनमी मिलन बुढाथोकीले जनसेवा श्री पदकबाट बिभूषित भएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *