जुम्लामा अठार बर्षकी किशोरीले जन्माइन तिम्ल्याहा शिशु

jumli (2)
शिशुहरु

जुम्ला १४ जेठ –  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा विहीबार एक किशोरीले तिम्ल्याहा सन्तान जन्माएकी छन् । प्रतिठानबाट झण्डै पाँच घण्टा पैदल दुरीमा पर्ने पातारासी २ तल्फीगाँउकी १८ बर्षीया किशोरी संगीता बोहोराले एकैपटक तीन शिशुको जन्मदिएकी हुन् । यद्धपी एक शिशुको जन्मेको केही समयमै मृत्यु भएको छ ।

प्रतिष्ठानका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. राजिब शाहका अनुसार तिम्लिहा सन्तान जन्माउने बोहोरा ३२ हप्ताकी गर्भवती थिइन् । दुई दुई छोरा र एक छोरीको सहज रुपमै जन्मदिए पनि शिशुहरु भने निकै कम तौलका थिए ।

timliha
अठार बर्षीया सुत्केरी संगीता बोहरा

‘पहिलो र दोस्रो सन्तानका रुपमा जन्मेका दुई छोराको तौल क्रमश : एक हजार ४ सय ग्राम, दोस्रो शिशु साढे आठ सय ग्रामको थियो तर तेस्रो शिशु छोरीको तौल भने आठ सय ग्राम तौलका थिए । ती मध्ये ८ सय ग्रामको छोरीको जन्मेको केही क्षणमै ज्यान गएको हो’ डा.शाहले भने ।

उनले साढे आठ सय ग्रामको दोस्रो छोराको अवस्था पनि गम्भीर रहेको नेपाली हेल्थलाई बताए । डा. शाहका अनुसार पहिलो छोरा भने समान्य अवस्थामा छ ।

तस्बिर सौजन्य : डा. राजीब शाह

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *