मन्त्रीका मान्छे नपरेपछि सुदुर पश्चिमका निर्देशक डा. प्याकुरेललाई मन्त्रालय तानियो

 रामजनम चौधरी
रामजनम चौधरी

काठमाडौँ, ३ जेठ – सुदुरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. सुशील प्याकुरेल मन्त्रालय तानिएका छन् । उनीमाथि करार सेवाका कर्मचारी भर्ना गर्दा अनियमिता गरेको आरोप लगाइएको छ ।

तर निर्देशक डा. प्याकुरेलले भने स्वास्थ्य मन्त्री रामजनम चौधरीले पठाएको लिष्ट अनुसार छनौट हुन नसकेपछि आफूलाई मन्त्रालय तानिएको बताए । ‘करार नै भएपनि छनौटको मापदण्ड र नियम छन् । योग्यताका आधारमा छनौट हुनुपर्छ भन्ने मेरो मान्यता थियो । जिल्लाका स्थानीयले नियम अनुसार ३ अंक बढी पाउछन् । तर बेजिल्लाका मान्छेलाई छनौट गर्न दवाव दिइयो । त्यो कुरा मैले मानिन् । यसपछि मलाई यता तानियो’ नेपाली हेल्थसंग उनले भने ।

निर्देशक प्याकुरेलले सुदुरपश्चिमका डोटी, बझाङ, बैतडी, दार्चुला, अछाम जस्ता उच्च पहाडी जिल्लामा पनि सबै कैलालीका मान्छेलाई नियुक्त गर्न भनियो मैले मानिन् । त्यसपछि शुक्रबार नै मलाई काजमा मन्त्रालय तानियो । करार सेवाको नतिजा गत २९ बैशाखमा नतिजा निकालेको थियो ।

यता मन्त्रालयले भने नतिजामा अनियमितताको भएको भन्दै छानवीनका लागि दुई सदस्यीय छानवीन टोली गठन गरेको छ । तथ्यांक उपसचिव झपेन्द्र पाण्डे र शाखा अधिकृत चिरन्जीबी सापकोटालाई छानवीनका लागि जिम्मा दिइएको छ ।

नतिजामा उजुरी परयो त्यसैले छानवीन गर्नुपर्ने भयो । सोही कारण निर्देशकलाई काजमा तानियो । मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले भने, अहिलेलाई प्रकाशित नतिजाको कार्यान्वनय पनि स्थगित गरिएको छ ।

तर निर्देशक डा प्याकुरेलले मन्त्रीका मान्छेलाई छनौट गर्ने गरी यो प्रक्रिया अघि बढाइएको दावी गरे । ‘यी सब नाटक हुन्, मन्त्रीका मान्छेलाई कसरी भर्ती गर्ने भन्ने उपायको खोजि गरिएको होला । यदि यस्तो गर्ने हो भने बझाङ दार्चुलाका मान्छेले पहुच विहीन तर योग्य व्यक्तिले कहिले अवसर पाउने प्रति पश्न गरे,’ डा. प्याकुरेल आएपछि सुपको जिम्मेबारी आठौँ तहका कर्मचारीले सम्हालेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *