मन्त्रालयले गर्यो नवौँ तहमा बढुवा भएका ३७ चिकित्सक तथा कर्मचारीको पदस्थापन, को कहाँ परे ?
काठमाडौँ ३० बैशाख – स्वास्थ्य मन्त्रालयले भर्खरै नवौँ तहमा बढुवा भएका विभिन्न समूहका ३७ जना चिकित्सक तथा कर्मचारीहरुको पदस्थापन गरेको छ ।
त्यसरी पदस्थापन भएकाहरुमध्ये अधिकांशले पत्र बुझिसकेका छन् । गत सोमबारको सचिवस्तरीय बैठकले उनीहरुलाई विभिन्न अस्पतालमा पदस्थापना गर्ने निर्णय गरेको थियो ।
मन्त्रालयले बढुवा भएका चिकित्सकहरुलाई भेरी अञ्चल अस्पताल, लुम्विनी अञ्चल अस्पताल, बीर अस्पताल,सेती अञ्चल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, उपक्षेत्रीय अस्पताल बीरगञ्ज, भरतपुर अस्पताल, कान्तिबाल अस्पताल, कोशी अञ्चल अस्पताल, मेची अञ्चल अस्पताल, प्रसूतिगृह अस्पताल, राप्ती अञ्चल अस्पतालमा पदस्थापन गरेको छ । कोहीलाई स्वास्थ्य सेवा विभाग र औषधि व्यवस्था विभागमा पदस्थापन गरेको छ।
को कहाँ परे हेर्नुहोस सूची ?
सम्पर्क इमेल : [email protected]