स्वास्थ्यमा सरुवा तथा पदस्थापन : पुर्नजागरणमा मोहमद दाउद, डा. खरेल टेकु अस्पतालमा

MoHP-Nepalकाठमाडौँ, २९ बैशाख – स्वास्थ्य मन्त्रालयले मातहतका निकायमा कार्यरत विशिष्ठ श्रेष्ठीका कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरेको छ । गत सोमबारको मन्त्री तथा सचिव स्तरीय निर्णय अनुसार ११ औँ तथा १० औँ तहका कर्मचारीहरुको सरुवा तथा पदस्थापन भएको हो ।

मन्त्रालय स्रोतका अनुसार गत सोमबारको मन्त्रीस्तरीय निर्णयबाट स्वास्थ्य सेवा विभाग प्राथमिक स्वास्थ्य सेवा तथा पुर्नजागरण महाशाखामा भर्खरै ११ औँ तहमा बढुवा भएका जनस्वास्थ्य प्रशासक मोहमद दाउद पदस्थापन भएका छन् ।

पुर्नजागरणमा रहेका निर्देशक डा रमेशकुमार खरेल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फर्केका छन् । मन्त्रालय स्रोतले डा. खरेलको पद टेकुमा रहेकोले काज फिर्ता मात्रै गरिएको जनाएको छ । डा. खरेलको काज फिर्ता भएसंगै टेकु अस्पतालका निर्देशक डा. केदार सेन्चुरीको पनि काज फिर्ता भई बीर अस्पतालमै फर्केका छन् ।

त्यस्तै काजमा मन्त्रालय खिचिएका मध्यमाञ्चल क्षेत्रीय निर्देशक डा. रमेश विक्रम सिंहको पनि काज फिर्ता भएको छ । उनीपनि मध्यमाञ्चल क्षेत्रीय निर्देशकको रुपमा हेटौडा पुगेका छन् ।

डा. सिंहलाई मन्त्रालय खिचेर उनको ठाँउमा बाराबाट डा.शैलेश झालाई ल्याइएको थियो । तर गत महिना मध्यमाञ्चलको करार सेवाको नतिजामा ‘लफडा’ परेपछि उनको काज समेत फिर्ता गरि बारा नै पठाइएको थियो ।

यस्तै गत सोमबार नै सचिवस्तरीय निर्णय गर्दै बालस्वास्थ्य महाशाखाका बरिष्ठ जनस्वास्थ्य प्रशासक चुडामणी भण्डारी (१० औँ तह)लाई बर्दिया जिल्ला स्वास्थ्य कार्यालयको प्रमुखको रुपमा पठाइएको छ ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतबाट काजमा बर्दियामा आएर निमित्त प्रमुख भएका आठौँ तहका बृषबहादुर शाहीको पनि काज फिर्ता भएको बताइएको छ । यता भण्डारीको स्थानमा भने सुदुरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलका बरिष्ठ जनस्वास्थ्य प्रशासक पर्शुराम श्रेष्ठ आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *