भोलिदेखि ४७ जिल्लामा जापानीज इन्सेफलाइटिस रोग विरुद्धको खोप अभियान(जिल्ला सहित)

JE vacecinकाठमाडौँ  (२५ बैशाख) – सरकारले भोलि (आइतबार) देखी नयाँ ४४ र पुराना ३ गरी ४७ जिल्लामा जापानीज इन्सेफलाइटिस रोग विरुद्धको ‘जेई खोप’ अभियान सुरु गर्दैछ् । यसअघि यो खोप अभियान ३१ जिल्लामा सञ्चालन थियो ।

पहिले सञ्चालन भइसकेर पनि जेई रोगबाट बढी प्रभावित ३ जिल्ला झापा, मोरङ र सुनसरीमा यसपटक पनि अभियान दोहोरयाउन लागेको हो । बाँकी २८ वटा जिल्लामा भने अव नियमित खोप तालिका अन्तर्गतनै जेई खोप सञ्चालन हुनेछ ।

स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य महाशाखाका अनुसार भोली ( २६ बैशाख) देखी जेठ मसान्त सम्म देशका ४४ जिल्लामा जेई खोप अभियानको रुपमा सञ्चालन हुँदैछ । यो अभियानमा १ देखी १५ बर्षसम्मका बालबालिकाहरुलाई सो रोग विरुद्धको जेइ खोप दिइन्छ । अभियानका लागि १६ हजार बढी खोप केन्द्रमा स्वास्थ्य कार्याकर्ता तथा महिला स्वास्थ्य स्वयंसेविका खटिनेछन् ।

महाशाखा अन्तर्गतका खोप शाखा प्रमुख मुकुन्द गौतम भन्छन्, ‘अहिले अभियान सञ्चालन हुने भएकोले एक बर्ष देखी १५ बर्षसम्मका बालबालिकाहरुलाई खोप दिइन्छ । नियमित खोपमा पुगेपछि १२ महिना भएपछि दिइन्छ ।’

तराई, भित्रीमधेश र काठमाडौँ उपत्यकामा मात्रै पाइने जेइ केश पछिल्लो समय उच्च पहाडी तथा हिमाली जिल्लामा पनि देखिन थालेको छ । खोपशाखा प्रमुख गौतम भन्छन्, ‘अहिलेसमम रिपोर्ट नआएको भनेको हुम्ला मात्रै हो अरु सबैमा यो केश भेटियो त्यसैले देशैभर यो खोप सञ्चालन गर्न लागेको हो ।’

क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग लाग्ने गर्दछ । यसपटक अभियानमा झण्डै ३४ लाख बालबालिकालाई जेइ खोप दिने महाशाखाको तयारी छ । त्यसका लागि द ग्लोबल एलाइन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी)ले ९ लाख भाइल खोप अनुदान उपलव्ध गराएको छ ।

भोलिदेखि अभियान सुरु हुने जिल्लाहरु कुन कुन हुन् ?

पूर्वाञ्चल क्षेत्र ( १३ जिल्ला) :

भोजपुर, धनकुटा, इलाम, झापा, खोटाङ, मोरङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्वु, सुनसरी, ताप्लेजुङ र तेह्रथुम

मध्यमाञ्चल क्षेत्र (५ जिल्ला) :

दोलखा नुवाकोट, रामेछाप, रसुवा र सिन्धुपाल्चोक

पश्चिमाञ्चल क्षेत्र (११ जिल्ला) :

अर्घाखाँची, बाग्लुङ, गोरखा, गुल्मी, लम्जुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङजा, र तँनहू

मध्यपश्चिम क्षेत्र (११ जिल्ला) :

दैलेख, डोल्पा, हुम्ला, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, प्यूठान, रोल्पा, रुकुम र सल्यान

सुदूरपश्चिम क्षेत्र (७ जिल्ला) :

अछाम, बैतडी, बझाङ, बाजुरा, डडेल्धुरा, दार्चुला र डोटी

हाम्रा गतिविधि सहज रुपमा प्राप्त गर्न लाइक गर्नुस हाम्रो फेसबुक पेज । त्यसका लागि तपाई यो लिंक https://www.facebook.com/nepalihealth/ को सदुपयोग गर्न सक्नुहुन्छ । 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *