एमबीबीएस पढाई छाडी बाख्रा पाल्न थालेपछि …………

mbbs studentपाल्पा –  मदनपोखरा ९ तिनकुने टोलका हरि थापा एमबीबीएस पढाइ छाडेर पशुपालनमा लागेका छन् ।

एमबीबीएस  पढाइका लागि रसिया गएका थापा पढाइ छाडेर आफ्नै गाउँ मदनपोखरा फर्कि बाख्रा र कुखुरा ब्यावसाय सुरु गरेका छन् । करिव २१ लाख जति खर्च गरेर सात बर्षसम्म रसियामा बसी एमबीबीएस पढ्दै गरेका थिए ।

थापाले गाउँमा सबै युवाले पशुपालन र तरकारी खेती गरेको देखेर पढ्न भन्दा ब्यवसाय गर्न मन लागेको भन्दै परिवारको चाहना डाक्टर बनाउने भएतापनि उनी एक्कासी घर फर्केर बाख्रा र कुखुरा पालनमा लागेको बताए ।

थापाको सानैदेखि नै पशुपालन गर्ने इच्छा थियो । “डाक्टरी पढेर विदेशमै अरुको सेवा गर्दै मलाई ठिक्क हुन्थ्यो, तर परिवार र गाउँबाट म सधैँ टाढा हुन्थे,” उनले भने । विदेशी जीवन भन्दा गाउँले जीवन वेश लागेर पशुपालन व्यवसाय सुरु गरेको थापाले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *