प्रसुतीगृह अस्पतालले सुरु गर्यो किशोरी क्लिनिक

PRASUTIकाठमाडौँ – किशोरीहरुमा देखिने यौन तथा प्रजनन् स्वास्थ्य समस्या समाधान गर्न थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रिरोग अस्पतलाले किशोर किशोरीमैत्री क्लिनिक सुरु गरेको छ ।

करीब एक महिना देखी सञ्चालनमा ल्याइएको सो क्लिनिकमा १९ बर्ष मुनीका किशोरीहरुको यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा तालिमप्राप्त स्वास्थ्यकर्मीहरुले सल्लाह सुझाव दिनेछन् ।

अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले स्कुल तथा कलेज उमेरका किशोरीहरुमा देखिने यौन तथा प्रजनन् स्वास्थ्य समस्या समाधानका लागि किशोरी क्लिनिक सुरु गरेको बताए ।

उनले सेतोपानी बग्ने महिनाबारी नहुने, गडबडी हुने, धेरै रगत बग्ने, सानो उमेरमा गर्भवती हुँदा देखिने समस्या, परिबार नियोजन लगायतका विषयमा जानकारी दिइने बताए ।

‘किशोरीहरु अन्य महिलासंग लाइन लागेर ओपिडीमा परीक्षण गराउन अप्ठेरो मान्छन् , जो सुकैसंग खुलेर कुरा गर्न पनि सक्दैनन् । त्यसैले हामीले उनीहरुका लागि छुट्टै क्लिनक सुरु गरेका हौँ । यसमा रहने स्वास्थ्यकर्मी तथा चिकित्सकले किशोरीहरुको भावना बुझेर उपचार सल्लाह व्यवहार तथा सुझाव दिने गर्छन,’ डा. गौतमले बताए ।

क्लिनिक विदाको दिन बाहेक विहान ९ देखी ३ बजेसम्म सञ्चालन रहनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *