प्रिफ्याव मोडलमा बनेको धर्मस्थली स्वास्थ्य चौकी सञ्चालनमा

0
Shares

DSC00491काठमाडौँ – गतवर्ष १२ बैशाखको भूकम्पमा भत्केको तारकेश्वर नगरपालिका १३ स्थित धर्मस्थलि स्वास्थ्य चौकीको सेवा आजबाट नयाँ भवनमा सुरु भएको छ ।

इन्टरनेशनल मेडिकल कोर ( आइएमसी) को आर्थिक तथा प्राविधिक सहयोगमा प्रिफेव प्रविधिबाट निर्माण भएको ६ कोठे भवनको मुख्य सचिव डा सोमलाल सुवेदीले उद्घाटन गरेका थिए ।

आइएमसीले भवन उपकरण फर्निचर तथा तीन महिनाको औषधिका लागि ५५ लाख बढी खर्च गरेको जनाएको छ ।कार्यक्रममा बोल्दै मुख्य सचिव सुवेदीले भवन राम्रो भएको र अव सेवा पनि राम्रो दिनुपर्ने बताए । उनले नगर क्षेत्रमा स्वास्थ्य सेवाका लागि छुट्टै व्यवस्था गर्नुपर्ने बताए ।

स्वास्थ्य सविच शान्तबहादुर श्रेष्ठले भूकम्पले भत्किएका करीब साढे ४ सय वटा भवन प्रिफयावबाट बनाउनुपर्ने भएको र त्यसमा ३ सय बढीको सम्झौता भएको बताए ।उनले ४० भन्दा बढी संस्था तयार भइसकेको जानकारी दिए । स्वास्थ्य चौकीको सेवा निशुल्क भएको भन्दै गुणस्तरीय सेवाका लागि अभिभावकहरुसमेत जागरुक हुनुपर्ने बताए ।

मन्त्रालयका योजना महाशाखा प्रमुख महेन्द्र श्रेष्ठले भूकम्प पछि तिब्र गतिमा काम हुने स्वास्थ्य क्षेत्र नै भएको भन्दै यसमा पुर्ननिर्माणका काम पनि द्रुत गतिमा अघि बढेको बताए ।उनले अधिकांश दातृ निकायको सहयोगमा अस्थायी पुर्ननिर्माण भएको भन्दै सम्झौता हुन बाँकी पनि छिटै गरिने बताए ।

आइएमसीले भूकम्प अति प्रभावित जिल्लामा २२ वटा स्वास्थ्य संस्था निर्माण गर्ने सम्झौता गरेको छ । उसले भवन बनाएपछि औषधि सहित उपकरणको समेत व्यवस्था गर्ने गरेको छ ।

DSC00488

DSC00497

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *