औलोबाट जोगाउन पौने ४ लाख झुल वितरण गरिँदै

jhulकाठमाडौँ – सरकारले आम सर्वसाधारणलाई औलो रोगबाट जोगाउन यसबर्ष ३ लाख ८६ हजार ५३ थान झुल वितरण गर्दैछ । किटनासक विषादीयुक्त सो झुल औलो प्रभावित जिल्लामा बसोबास गर्ने प्रति दुई व्यक्तिमा एक थानका दरले वितरण गर्ने कार्यक्रम छ ।

विश्व औलो दिवशको पूर्वसध्यामा स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सन २०१८ सम्ममा देशबाट औलो नियन्त्रणमा लिने उदेश्य अनुरुप लामखुट्टेबाट जोगाउन झुल वितरण कार्यक्रमलाई निरन्तरता दिएको हो । महाशाखाले सन् २००२ देखी हालसम्म ३४ लाख ६४ हजार ८६७ थान झुल वितरण भइसकेको छ ।

महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले संसारबाटै औलो उन्मुलन गर्ने योजना अनुरुप नेपालले औलो नियन्त्रण गर्न आवश्यक कदम अघि बढाईरहेको बताए । उनले खुलासिमाना र बैदेशिक रोजगारमा गएकाहरुबाट औलोको जोखिम नियन्त्रणमा समस्या भइरहेको बताए ।

गतवर्ष १ हजार ३५२ केस भेटिएको थियो । त्यसमध्ये ५५ प्रतिशत नेपाल भित्र र बाँकि नेपाल बाहिरबाट सरेको थियो । नेपालमा भारत र अफ्रिकी मुलुकबाट फर्केका व्यक्तिबाटऔलोको भाइरस आउने गरेको पाइन्छ ।

विश्व स्वास्थ्य संगठनका डा. प्रकाश घिमिरेले विश्वबाटै औलो नियन्त्रणउन्मुख भइरहेको बताउदै नेपालमा पनि यसका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने बताए । दक्षिण पूर्र्वी एसियाली मुलुकको कुल औलोरोगी मध्ये भारत, इन्डोनेसिया र म्यान्मारको मात्रै जोड गर्दा ९६ प्रतिशत हुने बताए ।उनले गतवर्ष मालदिव्सले औलो निवारण गरेको र भुटान तथा श्रीलंका त्यहि दिसामा अघि बढेको समेत बताए ।

औलो रोग संक्रमित पोथाी एनोफिलिज लामखुट्टेको टोकाइबाट मानिसमा लाग्ने गर्छ । यस रोगबाट गर्भवति महिला तथा पाँच बर्ष मुनिका बालबालिका बढी जोखमा हुन्छन् । संसारमा पाइने दुई परजिवीहरु फाल्सिपेरम र भाइभेक्स जातको परजीबि मात्र नेपालमा पाइन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *