आफ्ना सदस्य र परिबारसंग चिकित्सक शुल्क नलिन संघको निर्देशन
काठमाडौँ – नेपाल चिकित्सक संघले आफ्ना आजिवन सदस्य बनेका चिकित्सक र तिनका परिबारकोउपचार गर्दा लाग्ने चिकित्सक शुल्क नलिन अस्पताल नर्सिङ होस तथा निजी क्लिनिकलाई आग्रह गरेको छ ।
उनीहरुलाई अन्य परीक्षण तथा उपचारमा समेत सहुलियत र सहज पहुँचको व्यवस्था मिलाउन अस्पतालमा कार्यरत आफ्ना सदस्यहरुलाई निर्देशन दिएको छ ।
संघका अध्यक्ष डा. अञ्जनीकुमार झाले जारी गरेको विज्ञप्तीमा चिकित्सक स्वास्थ्य सेवामा समर्पित जनताका छोराछोर िहुन भन्ने भनाईलाई आत्मसात गर्दै आगामी १ जेठ देखी चिकित्सकीय शुल्क नलिन भनिएको छ ।
विज्ञप्तीमा देशभर छरिएर रहेका सबैखाले स्वास्थ्य संस्थाहरुमा संघको परिचयपत्र बाहक संघका स्थायी कर्मचारीहरु र तिनका परिबारलाई समेत लाग्ने चिकित्सक शुल्क पूर्ण रुपमा गर्न भनिएको छ ।
कतिपय चिकित्सकले भने यो घोषणा आगामी भदौमा हुने भनिएको संघको निर्वाचनसंग तालमेल भएको समेत टिप्पणी गरेका छन् ।
विज्ञप्ती यस्तो छ :
सम्पर्क इमेल : [email protected]
Decsision ta ramro lagyo, doctor sanga direct contact hune NMSRA and PEAN ko Member lai pani Dr sab haru le kei Sochnu Hunthyo ki?