अब सिंहदरबार बैद्यखाना पनि जी.एम.पी.मा

baidhya khanaकाठमाडौँ – आयुर्वेदिक औषधी उत्पादन गर्ने सरकारी निकाय सिंहदरबा बैद्यखाना विकास समिति कुशल औषधी निर्माण प्रक्रिया जीएमपी प्रकृयामा प्रवेश गरेको छ । औषधी व्यवस्था विभागले बैद्यखानालाई जीएमएपीका लागि स्वीकृति दिएको हो ।

जीएपपीमा गएपछि औषधीको उत्पादनका लागि चाहिने पूर्वाधार, प्रविधि , शुद्धता र गुणस्तरमा कुनैमा पनि कमजोर हुँन् मिल्दैन् ।
समितिका प्रवन्ध निर्देशक डा. राजेन्द्रकुमार गिरीले आयुर्वेदिक औषधीलाई थप गुणस्तरीय बनाउनका लागि बैद्यखाना जीएमपीमा गएको बताए । उनले जीएमपीको विशेष खालको मापदण्ड हुने भन्दै त्यो पुरा हुँदा आयुर्वेदिक थप विश्वाशिलो र भरपर्दो हुने बताए ।

‘जिवाणुरहित, हेवि मेटल नभएका अर्थात शरीरलाई असर गर्ने तत्वहरु नरहोस भन्ने गरी निर्माण प्रक्रियाको खाश मापदण्ड हो यो भएपछि बैद्यखानाका उत्पादन थप भरपर्दो र विश्वाशिलो हुनेछ’, डा. गिरीले भने ।

झण्डै ३७० बर्ष अघि राजा प्रताप मल्लको पालामा काठमाडौँको हनुमान ढोकामा स्थापना गरिएको बैद्यखानाको औषधी उपचार विसं २००८ साल पछि मात्रै आम सर्वसाधारणका लागि खुल्ला गरिएको हो । विसं २०५१ सालमा यो विकास समितिमा परिणत भएको थियो ।

परम्परागत ढंगबाट आयूर्वेदिक औषधी उत्पादन गर्दै आएको बैद्यखानाले अहिलेपनि दुई सय भन्दा बढी प्रकारका आयुर्वेदिक औषधी उत्पादन गर्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *