स्वास्थ्य बीमाको प्रिमियममा महिला स्वास्थ्य स्वयंसेविकालाई ५० प्रतिशत छुट दिने तयारी

mohp

काठमाडौँ – ‘गाँउका डाक्टर’को उपमा पाएका महिला स्वास्थ्य स्वयंसेविकालाई सरकारले हालै सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा विशेष सहुलियत दिने तयारी भएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार देशभर कार्यरत स्वयंसेविकाहरुको बार्षिक प्रिमियममा ५० प्रतिशत छुट दिने तयारी गरेको हो । अहिले प्रतिव्यक्ति कम्तीमा ५ सय रुपैया प्रिमियम बुझाउनुपर्ने व्यवस्था छ । स्वयंसेविकाहरुले जनस्वास्थ्यमा पुरयाएको योगदानको कदर गर्दै अव पाँच सय तिर्नुपर्ने ठाँउमा २५० रुपयाँ मात्रै तिरे पुग्ने व्यवस्था गर्न लागेको हो ।

मन्त्रालय अन्तर्गतको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका निर्देशक डा. गुणराज लोहनीले सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति कार्यसञ्चालन नियमावली २०७२ को केही बुदा संसोधन गर्दै त्यस्तो व्यवस्थ ागर्न लागेको बताए । ‘त्यो प्रस्ताव निर्णयार्थ पेश गरिएको छ । भयो भने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई केही राहत हुनेछ,’ उनले भने ।

देशभर ५२ हजार बढी महिला स्वास्थ्य स्वयंसेविकाहरु छन् । सरकारले प्रतिपरिबार ( पाँच जना) को २ हजार ५ सयका दरले प्रिमियम उठाई ५० हजारसम्मको उपचार सेवा प्रदान गर्ने गरी स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । तीन साता अघि कैलालीबाट सुरु भएको यो कार्यक्रम अब बाग्लुङ र त्यसपछि इलाममा सुरु गर्ने समितिको तयारी छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *