७१ वटा अस्पतालबाट हुने भयो हाइड्रोसिलको नि:शुल्क अप्रेसन (सूची सहित)

काठमाडौँ – सरकारले हाइड्रोसिल (अण्डकोषमा पानी जन्मे अवस्था)  पिडीत व्यक्तिका लागि देशका ७१ वटा अस्पतालबाट निशुल्क अप्रेसन गर्नसक्ने व्यवस्था मिलाएको छ । ती अस्पतालमा जिल्ला अञ्चल, क्षेत्रीय तथा केन्द्रीय अस्पतालहरु छन् ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा हात्तिपाइले रोग नियन्त्रण कार्यक्रमका जनस्वास्थ्य अधिकृत  तुल्सी अधिकारीका अनुसार हाइड्रोसिल पिडीत व्यक्तिले तोकिएका अस्पतालमा पुगी निशुल्क अस्पताल गर्न सक्नेछन् ।

सरकारले यसआर्थिक बर्षमा ११ हजार व्यक्तिको निशुल्क अप्रेसन गर्ने लक्ष्य लिएको छ । महाशाखाले गतवर्ष कपिलवस्तु, बर्दिया र कैलालीमा नमूना कार्यक्रमको रुपमा यो अभियान सुरु गरेको थियो । त्यतिबेला तीन जिल्लामा ६४१ जना हाइड्रोसिलपिडीतले निशुल्क अप्रेसनको फाइदा लिएका थिए । नमूना अभियान प्रभावकारी देखिएपछि महाशाखाले यसबर्ष ६३ जिल्लामै यो अभियान सुरु गर्न लागेको हो ।

अधिकारीका अनुसार  यो अभियानमा जुनसुकै जिल्लाका व्यक्तिले जुनसुकै स्थानको तोकिएको अस्पतालमा गएर उपचार गराउन पाउछ । त्यसका लागि सरकारले दातृ निकायसंग मिलेर करीब ६ करोड बजेट छुट्याएको छ । अप्रेसन गर्ने अस्पताललाई प्रतिकेश ५ हजारको दरले रकम उपलव्ध गराउने योजना बनाएको छ ।

h1

h2

h6

h4

h5

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *