अब १० हप्तासम्मको गर्भपतन औषधीद्धारा गर्न सकिने

1.1k
Shares

woman_pill-620x412

एजेन्सी – अब १० हप्ता सम्मको गर्भपतन औषधीद्धारा गर्न सकिने भएको छ । अमेरिकी सरकारको नियमक संस्था एफडीएले माइफप्रेक्स भनेर चिनिने माइफप्रिस्टोनको चक्की १० हप्तासम्मको गर्भपतनका लागि प्रयोग गर्न सकिने जनाएको छ ।यसअघि यस्तो चक्कीले सात हप्ता सम्मको गर्भपतन मात्रै गराइने गर्दथ्यो ।

एफ.डी.ए.को यो नयाँ नीति गर्भपतन अधिकारबादीहरुले स्वागत गरेका छन् ।  कतिपयले भत्र्सना समेत गरेका छन् ।एफ.डी. ए. का अनुसार यो चक्की दुई दिनमा दुई चक्की खानुपर्ने हुन्छ । यो औषधि खानासाथ यसले गर्भको लागि चाहिने प्रोजेस्टेरोन हर्मोनको उत्पादन बन्द गरिदिन्छ ।

‘हामी र औषधी उत्पादकसंगको संयुक्त अनुसन्धानबाट माइफप्रेक्स १० हप्तासम्मको  गर्भपतन गराउन प्रभावकारी देखियो । अब हामीले यसलाई सात हप्ता बाट बढाएर १० हप्तासम्म पुरयाउन स्वीकृति दियौँ, ‘ एफडीए प्रमुख रेगन म्याक्डोनाल्ड–मोस्लेले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *