लाइसेन्स परीक्षामा १२ र १३ पटक फेल भएपछि छानवीनमा परेका थिए आज पक्राउ परेका दुई डाक्टर

raj

काठमाडौँ – केन्द्रीय अनुसन्धान व्युरो ( सीआइबी)ले नक्कली आरोपमा पक्राउ गरेका राजीवकुमार झा र पृथ्वीनारायण यादव नेपाल मेडिकल काउन्सिलले लिने लाइसेन्स परीक्षामा क्रमश १२ र १३ पटक फेल भएका व्यक्ति हुन् ।

सीआइबीका अनुसार रौतहट मतसरी – ५, का ३१ बर्षीय झाले सन् २००६ मा विहार इन्टरमिडियट एजुकेशन काउन्सिलबाट सेकेन्ड डिभिजन ल्याएको प्रमाणपत्रमा फिजिक्स र केमेष्टी विषयमा बढी नम्बर थप गरेका थिए । उनले बढी नम्बर थप गरेको प्रमाणपत्र पेश गरी चीनमा गई एमबीबीएस अध्ययन गरी नेपाल आइ इन्टर्नसीप  समेत सकिसकेका थिए ।

त्यस्तै बारा बहुआरी – ४, का २९ बर्षीय पृथ्वीनारायण यादवले पनि विहार इन्टरमिडियट एजुकेशन काउन्सिलबाट सन २००६ मा सेकेण्ड डिभिजनमा आइएएस्सी गरेपनि सबै विषयमा नम्बर थप गरी फस्र्ट डिभिजन ल्याएको नक्कली प्रमाणपत्र बनाएका थिए । सोही प्रमाणपत्रका आधारमा चीनमा एमबीबीएस गरी नेपालमा आई इन्टर्नसीप समेत गरिसकेका थिए । तर काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र लिने परीक्षा (लाइसेन्स परीक्षा) मा १३ पटकसम्म असफल भए ।

सीआइबीका प्रहरी उपरीक्षक दिवेश लोहनीका अनुसार पटक पटक फेल भएकाहरुको प्रमाणपत्र छानवीन गर्दा नक्कली पाइएपछि उनीहरु दुई जना पनि निगरानीमा थिए । अहिले परीक्षा दिन आएका बेला पक्राउ परेका हुन् ।

लोहनीले स्वास्थ सेवा जस्तो गम्भिर बिषयमा यस्तो प्रकृतिको नक्कली काम भई ठगी भईरहेको पाईएकोले चिकित्सा पेशामा संलग्न अन्य ब्यक्तिहरूको शंकास्पद शैक्षिक प्रमाणपत्रहरूको पनि अनुसन्धान भईरहेको बताए ।

केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल मेडिकल काउन्सिल, उच्च माध्यमिक शिक्षा परिषदद्धारा संयुक्त रुपमा ‘अप्रेसन क्वाक’ प्रारम्भ गरी विभिन्न तहका नक्कली प्रमाणपत्र पेश गरी विभन्न देशबाट एमबीबीएस अध्ययन पुरा गरी चिकित्सा क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई समेत छानवीनको घेरामा ल्याएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *