नर्भिकका चिकित्सकले निकाले ४ सय ग्रामको प्रोष्टेट ग्रन्थी

0
Shares

DSCN5114 (1)

काठमाडौँ – नर्भिक अस्पतालका चिकित्सकले सल्यक्रिया गरी ४ सय ग्रामको प्रोष्टेट निकालेका छन् । उनीहरुले यति ठूलो प्रोस्टेट ग्रन्थी निकालिएको नेपालमै पहिलो भएको दावी समेत गरेका छन् ।

अनारमनी ७ झापाका शरद कुमार श्रेष्ठको असामान्य रुपमा बढ्दै गएको प्रोष्टेट ग्रन्थीको शनिबार सल्यक्रिया भएको थियो । करीब अढाई घण्टा समय खर्चेर होल्मियम लेजर विधिमार्फत सर्जरी गरिएको हो ।

नर्भिकका मूत्ररोग शल्यचिकित्सक डा. भरतबहादुर भण्डारी नेतृत्वको टीमले श्रेष्ठको सल्यक्रिया गरेको थियो । सो टिममा वरिष्ठ चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. जयप्रकाश जयसवाल र एनेस्थेसियोलोजिष्ट डा. नागेन्द्र के.सी. को साथ रहेको थियो ।

सर्जरी गरेको दुई तीन दिनमै डिस्चार्ज हुन सकिने भएपनि श्रेष्ठमा केही अन्य रोग समेत देखा परेकोले केही दिन ढिला भएको अस्पतालले जानकारी दिएको छ ।

उच्च प्रविधि युक्त “होल्मियम लेजर” प्रयोग सम्बन्धी तालिम भारतको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स)मा लिएका डा. भण्डारीले सन् २०१० यता नर्भिकमा त्यस्ता असामान्य अवस्थाका प्रोष्टेटको शल्यक्रिया होल्मियम लेजरबाट ८४० भन्दा बढी सङ्ख्यामा अत्यन्त सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *