बेलायती राजकुमार ह्यारीले कान्तिमा बिताए ४५ मिनेट

rp

काठमाडौँ – बेलायती राजकुमार ह्यारीले कान्ति बाल अस्पतालको निरीक्षण गरेका छन् । बुधबार दिउसो २:३५ बजे अस्पताल पुगेका ह्यारीले करीब ४५ मिनेट बर्नवार्ड विताए ।

सो क्रममा आगोले पोलिई उपचारका लागि भर्ना भएका १६ जना बालबालिकाहरु र तिनीहरुका अभिभावकसंग उनले भलाकुसारी समेत गरेका थिए । अस्पतालका बरिष्ठ बाल सल्य चिकित्सक डा. आरपी चौधरीका अनुसार राजकुमार ह्यारीले उपचारमा रहेका बालबालिकाहरुलाई कसरी दुर्घटना( पोलिएको) भन्ने बारेमा जानकारी लिएका थिए ।

rp1

उनले लामो समयसम्म अस्पतालमा उपचार गराई अस्पतालमा बस्नुपर्दा बालबालिकाको पढाई विग्रन सक्ने भन्दै ‘रिकर्भर’ कसरी हुन्छ भन्दै प्रश्न राखेका थिए । उनले सबै बालबालिका र तिनका अभिभावकसंग बेडमा पुगेर जानकारी लिएका थिए ।

डा. चौधरीकाका अनुसार राजकुमार ह्यारीले घरिघरि बालबालिकाको मनोभावना अनुसार हसाउने प्रयास समेत गरेका थिए । करीब ४५ मिनेटको समयमा अस्पतालमा विताउदा ह्यारीले अन्य वार्डको भने अवलोकन गरेनन् । ‘हामीले आग्रह गरेका थियौँ उहाँहरुले वर्न वार्डलाई नै फोक गर्नुभयो,’ डा. चौधरीले नेपालीहेल्थसंग भने ।

rp2

कान्तिको बर्नवार्डमा बेलायती संस्था डिएफआइडीले विशेष सहयोग गरेको छ ।

rp3

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *