स्वास्थ्य मन्त्रीको क्वाटरमा खस्यो ड्रोन क्यामेरा
ललितपुर – स्वास्थ्यमन्त्री रामजनम चौधरीको पुल्चोकस्थित क्वाटर अगाडि अत्याधुनिक ड्रोन क्यामेरा खसेको छ । मंगलबार साँझ करिव ६ बजेतिर मन्त्री क्वाटर अगाडिको रुखमा ठोक्किइ ड्रोन क्यामेरा खसेको हो ।
अहिले उक्त ड्रोन क्यामेरालाई ललितपुर प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले बताए ।
नेपालको कानूनले अनुमति विना ड्रोन क्यामेरा उडाउन पाइँदैन । यसअघि नेपाली सेनाको मुख्यालयमा ड्रोन क्यामेरा उडाएको आरोपमा दुई चिनियाँ पत्रकार पक्राउ परेका थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




