चम्लाहा शिशुमध्ये एकको मृत्यु

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौँ – लुम्विनी मेडिकल कलेज प्रभास पाल्पामा गत ३० पुसमा जन्मेका चम्ल्याहा (एकैपटक जन्मेका चार शिशु) मध्ये एकको मृत्यु भएको छ । मृत्यु हुने दोस्रो सन्तानका रुपमा जन्मेका छोरा सुदीप कुँवर हुन् ।

जैसीथोक २ राता पोखरा गुल्मीकी २६ बर्षीया गीता कुँवरले चार मिनेटको अन्तरमा क्रमश सुशान्त, सुदीप, सुम्निमा र सुप्रियाको जन्म दिएकी थिइन् ।एकै पटक स्वस्थ रुपमा जन्माएका चार सन्तान मध्ये दोस्रो छोरा सुदीपको अवस्था गतमहिना देखिनै विग्रदै गएको थियो ।

इन्फेक्सन भई देब्रे आँखाको ज्योति गुमाएका सुदीपको दाँया आँखाको ज्योति बचाउन परिबारले काठमाडौँ ल्याएको थियो । आँखा उपचार गर्दा गर्दै जण्डिसले समेत समातेपछि उनको स्वास्थ्य अवस्था थप बिग्रँदै गएको थियो ।

‘डाक्टरहरुको अथक प्रयासका बाबजुत दोस्रो शिशुलाई जोगाउन सकिएन,’ बसुन्धरास्थित ग्रिनसिटी अस्पतालका प्रमुख लोकबहादुर टण्डनले भने , ‘हामी पनि अत्यन्तै मर्माहत छौँ ।’

अस्पतालका डा सिला अर्यालले बच्चाको एसआईडीएस (सडन इम्याक्ट डेथ सिन्ड्रोम ) भएको बताइन । शिशुका आमा गीता तथा बाबु जनक कुँवर छोराको मृत्युपछि विच्छिप्त बनेका छन् । उनीहरुले बाँकि सन्तानलाई कसरी स्वस्थ राख्ने भन्नेमा चिन्तित देखिएका छन् ।

अघिल्लो पटक जुम्ल्याहा छोरा जन्माएकी गीताले क्रमश सात र आठ दिनमा दुबै छोरा गुमाएकी थिइन । यसपटक चम्ल्याहा सन्तान जन्माएर एक सन्तान गुमाएपछि कुँवर दम्पत्ती थप पिडामा परेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *