अस्पतालमै शिशुको खरीद बिक्री : दुई स्वास्थ्यकर्मी सहित तीन पक्राउ, सञ्चालक फरार

labkush1

लहान – नवजात शिशुको खरीद विक्री कार्यमा सहभागी भएको अभियोगमा प्रहरीले लहानस्थित लवकुश अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ । उनीहरुसँगै शिशु किन्ने महिला पनि पक्राउ परेकी छन् ।

अबैध सम्बन्धबाट जन्मेको बच्चा किन्ने सप्तरी फत्तेपुर-१, की दिलकुमारी चौधरी, लवकुश अस्पतालका अनमी शिवकुमारी चौधरी र सिएमए उषा चौधरीलाई लहान प्रहरीले पक्राउ गरेको हो।

शनिबार विहान अस्पतालमा बच्चालाई जन्म दिएकी महिलाले अस्पतालमै बच्चा जिम्मा लगाएर दिल कुमारीलाई बेचेको सूचना पाएर डीएसपी  डीएसपी उमा प्रसाद चतुर्वेदीको नेतृत्वमा प्रहरी टोली अस्पताल पुगेको थियो। अस्पतालमा छापा मार्दा शिशुसहित अस्पतालकै एक कुनामा लुकि बसेको अवस्थामा दिलकुमारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खानतलासीका लागि पुगेको प्रहरीलाई अस्पतालले डेलिभरी रेकर्ड समेत उपलव्ध नगराएपछि थप तलासी गरेको थियो । सो क्रममा दोस्रो तलाको अध्यारोकोठामा दिलकुमारी काखमा बच्चा लिएर लुकि बसेको अवस्थामा फेला परिन डीएसपी चतुर्वेदीे भने ।

उनका अनुसार दिलकुमारीले बच्चा आफ्नो नभई अस्पतालबाट प्राप्त गरेको बताईन्। त्यसपछि नर्सहरुसँग सोधपुछ गर्दै जाँदा अर्कै महिलाको कोखबाट उक्त बच्चा जन्मेको र उनी अस्पताललाई बच्चा दिएर गएको खुलेको हो।

तीन वर्ष अघि बैवाहिक बन्धनमा बाँधिएकी दिलकुमारीका अनुसार आफूलाई चिकित्सकले बच्चा नहुने भनेको बताएकी छिन्।

यो अस्पतालमा शिशु (स्त्री) साढे २ लाखदेखि चार लाख र शिशु (पुरूष) को ५ देखि १० लाखमा बच्चा नहुने दम्पतिलाई बेच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यो अस्पतालमा शिशु (स्त्री) साढे २ लाखदेखि चार लाख र  शिशु (पुरूष) को ५ देखि १० लाखमा बच्चा नहुने दम्पतिलाई बेच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यहाँबाट बच्चा नेपाली र भारतीय दम्पति जसको कोख खाली छ उनलाई बेच्ने गरेको प्रहरीको खुलेको हो। फरार अस्पताल संचालक र बच्चा जन्म दिने महिलाको खोजतलास तीब्र पारिएको डिएसपि चतुर्वेदीले बताए।


Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर