प्रधानमन्त्री ओलीको बालुवाटारमै दन्त परीक्षण (फोटो फिचर)

0
Shares

12787135_10153929891932103_1345500613_oकाठमाडौँ – अगाडी पट्टीको तल्लो भागको दाँत बढी धारिलो भई जिब्रोलाई घाउ बनाउन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले धारिलो भाग मोडाएका (ग्राण्डिङ) गराएका छन् । दाँतले काटेर जीब्रोमा भएको घाउको समेत उपचार गरिएको छ ।

बुधबार मध्यान्न बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलबाट डा. बुद्धिमान श्रेष्ठको नेतृत्वमा भएको दन्त चिकित्सकहरुको टोलीले ओलीको बालुवाटारमै मुख तथा दन्त स्वास्थ्य परीक्षण गरेको थियो । सो क्रममा दाँतको धारिलो भाग मुडाउने (ग्राण्डिङ) गर्ने काम सहित तल्लोभागको देब्रे पट्टीको बंगरामा स्थायी फिलिङ गर्ने तथा दाँया तर्फ माथि पट्टीको दुईवटा बंगरामा अस्थायी फिलिङ गरिएको थियो ।

डा. श्रेष्ठले दाँया तर्फको माथिल्लो भागको दोस्रो र तेस्रो बंगरा निकाल्नै पर्ने अवस्थामा भएकोले हाललाई अस्थायी फिलिङ गरिएको बताए । ओली चीन भ्रमणबाट फर्केपछि ती बंगरा झिक्ने योजना छ ।

डा. श्रेष्ठले ओलीले मुख तथा दन्त स्वास्थ्यमा विशेष ध्यान दिएको बताए । उनले विहान बेलुका ब्रस गर्ने, खाना खाईसकेपछि ब्रस गर्ने , दाँतको बिचमा रहेको फोहर निकाल्न सानो ब्रसको प्रयोग गर्ने तथा तीन तीन महिनामा मुख तथा दन्त स्वास्थ्य सम्वन्धी विशेष परीक्षण गर्ने गरेको बताए ।

अत्याधुनिक उपकरणसहितको मोवाइल डेन्टल भ्यान लिएर बालुवाटार पुगेको डा श्रेष्ठ, डा. सन्ध्या श्रेष्ठ, डा. अंकित साह सहितको सात सदस्यीय चिकित्सक तथा स्वास्थ्यकर्मी टोलीले सवा घण्टा लगाएर ओलीको दन्त परीक्षण तथा उपचार गरेको थियो ।

प्रधानमन्त्री ओलीको करीब तीन महिना पहिले पनि यसैगरी यहि टोलीले मुख तथा दन्त परीक्षण गरेको थियो ।

12776803_10153929888262103_285969379_o

12787359_10153929896627103_1165527359_o

12776824_10153929927707103_701332303_o12804033_10153929871487103_261989775_n

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *