‘क्यामेल’मा पनि आयो ९० प्रतिशत चित्र अंकित स्वास्थ्य सन्देश

camal

काठमाडौँ – दरबारमार्गबाट ठूलो परिमाणमा चुरोट जफत गरेको भोली पल्टै अन्र्तराष्ट्रिय ब्राण्ड क्यामेलले पनि सरकारले तोकेको मापदण्ड अनुसारको चुरोट बजार पठाएको छ । बुधबार बजारमा देखिएको क्यामेल चुरोटमा ९० प्रतिशत चेतावनीमुलक चित्रअंकित स्वास्थ्य सन्देश छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँ, महानगरीय प्रहरी परिषर टेकु तथा जनस्वास्थ्य कार्यालय टेकुको संयुक्त टोलीले दुई साता यता अनुगमनलाई तिब्रता दिएको छ । गत साता दरबारमार्गको ग्रिनलाइन स्टोर्स र नक्सालस्थित भाटभटेनी सुपरमार्केटबाट ठूलो परिमाणमा क्यामेल चुरोट सहित नेपाली ब्राण्डका चुरोट जफत गरेको थियो ।

मंगलबार मात्रै टोलीले दरबारमार्गबाट पुन मापदण्ड अनुसारको स्वास्थ्य सन्देश नभएका चुरोट जफत गरेपछि बुधबार विहानबाटै मापदण्ड अनुसारको चुरोट आएको हो ।गत साता प्रहरीले चुरोट जफत गरेपछि भाटभटेनीले आफ्ना सबै शाखाबाट मापदण्ड विपरितका चुरोट नराख्ने निर्णय गरेको थियो । 

यसअघि नै विदेशी चुरोट मार्लबोरो, डिजी व्ल्याकले नेपाल सरकारले तोकेको मापदण्ड अनुसार चेतावनीमुलक स्वास्थ्य सन्देश राखेर बजार पठाउने गरेका छन् ।

यद्धपी नेपाली कम्पनीहरुले अहिलेसम्म नियम अटेरी गर्दै आएका छन् । आठ महिना देखी नियम अटेरी गर्दै आएका उनीहरुले प्रधानमन्त्री, स्वास्थ्य मन्त्री , उद्योगमन्त्री सहितका उच्च नेताहरुलाई नियम उल्ट्याउन दवाव दिदै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *