नक्कली डाक्टरको आरोपमा पक्राउ परेकी बिनिता यादव छुटिन्
रामप्रसाद न्यौपाने/काठमाडौँ – नक्कली डाक्टरको आरोपमा चितवनबाट पक्राउ परेकी बिनिता यादवलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले मुद्दा नै नचलाई छाडि दिएको छ ।
पक्राउ गरे लगत्तै गम्भीर मानसिक समस्या देखिएको भन्दै सीआईबीले तत्कालका लागि छाडिदिएको बताएको छ । यद्धपी यादव निगरानीमा रहेको र स्वस्थ हुँनासाथ पुन पक्राउ गरी मुद्दा चलाइने सीआईबीले स्पष्ट पारेको छ ।
विष्णुपुर गाविस ५ सिराहाकी यादवलाई नक्कली प्रमाणपत्रका आधारमा डाक्टर बनेको आरोप लगाउदै गत २२ माघमा कलेज अफ मेडिकल साइन्सेज भरतपुरबाट पक्राउ गरेको थियो । पक्राउ गरी ल्याउने क्रममै बाटोबाटै अस्वस्थ भएको बताएकी यादवलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
झण्डै दुई साता लामो उपचार पछि डाक्टरले सानो बच्चाको आमा भएको र अप्रत्यासित घटना थेग्न नसकेका कारण गम्भीर मानसिक स्वास्थ्य समस्या हुन सक्ने बताएका थिए । उनीहरुले केही दिन आफ्नो सन्तानसंग राखे स्वास्थ्यमा सुधार आउनसक्ने बताएका थिए । डिस्चार्ज लगत्तै पक्रने दाउमा रहेको सीआईबीले डाक्टरको सल्लाह अनुसार छाडिदिएको हो । यादव चार दिन अघि अस्पतालबाट रिहा भएकी छन् ।
सीआईबीका प्रहरी उपरीक्षक एसपी दिवेस लोहनीले पक्राउ गर्नासाथ गम्भीर मानसिक विरामी परेकी यादवको स्वास्थ्यमा सुधार नदेखिएकोले हाललाई मुद्धा नचलाएको बताए । उनले विनिताको स्वास्थ्य ठिक हुनासाथ पक्राउ गरि मुद्धा चलाउने बताए ।
एसपी दिवेस लोहनीले पक्राउ गर्नासाथ गम्भीर मानसिक विरामी परेकी यादवको स्वास्थ्यमा सुधार नदेखिएकोले हाललाई मुद्धा नचलाएको बताए । उनले विनिताको स्वास्थ्य ठिक हुनासाथ पक्राउ गरि मुद्धा चलाउने बताए ।
नेपाल मेडिकल काउन्सिल, उच्चमाध्यमिक शिक्षा परिषद् र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले सयुक्तरुपमा अनुसन्धान गरी २२ माघमा नक्कली डाक्टर भएको आरोपमा १३ जनालाई पक्राउ गरेको थियो ।तर पक्राउ गरेको एक जना फरक व्यक्ति भएको भन्दै तत्काल रिहा गरेको थियो भने बिनितालाई अस्वस्थ भन्दै त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेको थियो ।
सीआईबीले अहिले २४ माघमा थपिएका एक जना सहित कुल १२ जना विरुद्ध विभिन्न आरोपमा मुद्धा चलाउने तयारी गरेको छ ।