हात्तिपाइले रोग : आठ चरणको औषधिले पनि भेटेन कपिलबस्तुलाई

hattipaileकाठमाडौँ – लगातार आठ पटक औषधि खुवाउदा समेत नियन्त्रणमा नआएपछि सरकारले कपिलवस्तु जिल्लामा थप दुई चरण औषधि खुवाउने योजना बनाएको छ ।

सामान्य त छ पटक औषधि खाएपछि त्यस क्षेत्रमा हात्तिपाइलेको जीवाणु नष्ट भएको भएको मानिन्छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले लक्षित परिणाम प्राप्त नभएको भन्दै ६ पटक औषधि खुवाएपछि पुन २ राउण्ड औषधि खुवाउने निर्णय गरेको थियो । तर सो दुई राउण्ड पछि पनि संक्रमितको संख्यामा कमि देखिएन ।

महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले ८ पटक औषधि खुवाउदा पनि कपिलवस्तुमा ८ प्रतिशत बढी व्यक्तिमा हात्तिपाइलेको जीवाणु भेटिएको बताए । जवकी औषधि खुवाउन छाडनका लागि त्यो जिवाणु १ प्रतिशत भन्दा कम हुनुपर्छ ।

झण्डै चार हजार बर्ष पुरानो मानिने यो रोग क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्छ । नेपालमा यो रोगबाट ६१ जिल्लाका झण्डै १३ प्रतिशत अर्थात ३२ लाख ५० हजार मानिसहरु संक्रमित भएको अनुमान छ । त्यसको १० प्रतिशत अर्थात ३२ हजार ५ सयमा संक्रमण पछिको लक्षण समेत देखापरिसकेको छ । यद्धपी महाशाखाले ६१ मध्ये २५ जिल्लामा निवारणको अवस्थामा पुगी औषधि खुवाउन रोकिएको बताएको छ ।

जाडो लागि ज्वरो आउनु, लिम्फ नलिहरु सुन्निनु, रातो भई दुख्नु, गोडामा निला धर्साहरु देखिनु, गीर्खाहरु आउनु, पुरुषको अण्डकोष वरपर नसाहरु फुल्नु /दुख्नु, महिलाहरुको यौनाङ्क / स्तन सुनिनु, पिसावमा दुध / दही जस्तो बाक्लो लेधो आउनु हात्तिपाइलेको लक्षण हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *