माइक्रोबसको ठक्करबाट सडक छेउमा हिँडिरहेका दुई चिकित्सकको मृत्यु

काठमाडौँ – ब्रेक फेल भएको माइक्रोबसले किच्दा महाराजगञ्जमा दुई चिकित्सकको मृत्यु भएको छ । सडकमा हिँडिरहेको अवस्थामा शिक्षण अस्पतालका चिकित्सकद्धय डा. सञ्जय सुवेदी र डा. सनी आनन्दको मृत्यु भएको हो ।

आइतबार साझ पौने पाँच बजे कान्तिबाल अस्पताल र शिक्षण अस्पताल बीचको सडकबाट बसुन्धरातर्फ गइरहेको बा१प ४३ नम्बरको माइक्रोबसको ब्रेक फेल हुँदा घरमा ठोक्किन पुगेको थियो । घरमा ठोक्किएपछि पनि माइक्रोबस एक्कासी दाँया तर्फ मोडिँदा सडकमा हिडिरहेका दुई चिकित्सकलाई किचेको हो । माइक्रोबसमा रहेकी आठ बर्षीया विद्यार्थी अस्मिता ज्ञवाली पनि घाइते भएकी छन् ।

घरमा ठोक्किएपछि पनि माइक्रोबस एक्कासी दाँया तर्फ मोडिँदा सडकमा हिडिरहेका दुई चिकित्सकलाई किचेको हो ।

बसका चालक अर्नुन सेवालाई प्रहरीले पक्राउ गरेको छ । ब्रेकफेल भएपछि आफूले गाडी नियन्त्रणमा लिन नसकेको चालक सेवाले बताएका छन् ।उनलाई थुनामा राखेर थप अनुसन्धान बढाएको महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जका इन्सेपेक्टर बालकृष्ण पोखरेलले जानकारी दिए ।

प्युठान घर भएका डा. सुवेदी र भारतको बिहार घर भएका डा. आनन्द त्रिबि शिक्षण अस्पतालका एमडी अध्ययनरत थिए ।

प्युठान घर भएका डा. सुवेदी र भारतको बिहार घर भएका डा. आनन्द त्रिबि शिक्षण अस्पतालका एमडी अध्ययनरत थिए ।

पर्यटक बोक्ने हरियो प्लेटको माइक्रोबसले बानेश्वरस्थित पिन्धारे विद्यासंसार स्कुलका विद्यार्थी बोकेको थियो ।

  • नयाँ पत्रिकाबाट
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *