चिकित्सक लाइसेन्स परीक्षामा नक्कली परीक्षार्थी बन्ने र बनाउने माथि काउन्सिलको कार्बाही

nmc

काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले गत १२ मंसिरको लाइसेन्स परीक्षामा पक्राउ परेका दुई जना नक्कली परीक्षार्थी र परीक्षा दिन लगाउने थप दुई जनामाथि कार्वाही प्रक्रिया अघि बढाएको छ ।

काउन्सिलको गत २८ माघमा बसेको बैठकले इथिकल कमिटिले सिफारिस गरेबमोजिम नक्कली परीक्षार्थी बनेका डा. सुशील कुमार मण्डललाई मुद्धाको टुंगो नलागेसम्मका लागि लाईसेन्स( काउन्सिल दर्ता) नं १४२६० दर्ता निलम्वन गर्ने निर्णय गरेको छ । त्यस्तै चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत अन्तिम बर्षका विद्यार्थी नीरज शर्मालाई कारबाही गर्न आइओएमलाई सिफारिस गरेको छ ।

स्वयंम्भू सानो भरयाङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको चिकित्सक लाइसेन्स परीक्षामा डा मण्डल र शर्मा पक्राउ परेका थिए । उनीहरुले क्रमस सनहेडा -१, सिराहाका नबिनकुमार यादव र खेसरिया- ७, रौतहटका सरोज साहको नाममा परीक्षा दिन लागेका थिए ।

काउन्सिलले आफ्नो नाममा परीक्षा दिन लगाउने नविन कुमार यादव र सरोज साहलाई पनि कारबाही गर्ने निर्णय गरेको छ । उसले मुद्धाको अन्तिम टुंगो नलागेसम्म लाईसेन्स परीक्षामा सहभागी हुन नदिने निर्णय गरेको हो । यतिवेला पक्राउ परेका चारै जना यतिवेला साधारण तारेखमा छुटिसकेका छन् । यद्धपी उनीहरुको मुद्धा अदालतमा चलिरहेको छ ।

काउन्सिलल प्रवक्ता डा. कृष्ण अधिकारीले चारै जनालाई काउन्सिलको नियम अनुसार कारबाही प्रक्रिया अघि बढाएको बताए । उनले चारै जनाविरुद्ध अदालतमा मुद्धा रहेकोले त्यसको छिनोफानो नहुँदा सम्म निलम्वन र निषेधको कारबाही गरिएको बताए ।

को हुन परीक्षा दिन लगाउने यादव र साह ?

काउन्सिल स्रोतका अनुसार खेसरिया – ७, रौतहटका सरोज साहले दिलदयाल उपाध्याय मेमोरियल कलेज सितामणी भारतबाट सन् २००० मा प्लस टु सिध्याएका थिए ।

त्यसलगत्तै चिकित्साविज्ञान अध्ययन गर्न चीन तर्फ हान्निएका उनी सिचुवान युनिभर्सिर्टीबाट सन २००७ मा एमविविएस उत्तीर्ण गरेका विद्यार्थी हुन् । त्यसलगत्तै नेपाल फर्केर लाइसेन्स परीक्षामा सहभागी भएका साहले १२ पटक सम्म त परीक्षा दिए तर सफल हुन सकेनन ।

यसपटक तेह्रौ पटकको परीक्षाका लागि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान(आइओएम) महाराजगञ्ज क्याम्पसमा एमबीबीएस अध्ययनरत अन्तिम बर्षका विद्यार्थी नीरज शर्मालाई खेताला खोजेका थिए ।

अर्का विद्यार्थी नविन कुमार यादव पनि काउन्सिलले लिएको परीक्षामा ८ पटक सम्म फेल भएका विद्यार्थी हुन् । सनहेडा-१ सिरहाका यादवले सन् २०००मा विहार इन्टरमिडियट कलेज भारतबाट आइएस्सी गरेका थिए ।

त्यसलगत्तै चिकित्सा विज्ञान अध्ययनका लागि चीन तर्फ हानिएका उनले सन २०१२ मा एमविविएस सकेका थिए । त्यसयता ८ पटक सम्म उनले काउन्सिलको परीक्षामा लगातार सहभागी हुन खोजे तर सफल हुन सकेनन् ।

यसपटक उनले आफ्नो लाइसेन्स परीक्षाका लागि डा. सुशील मण्डललाई खेताला खोजेका थिए । तर उनको योजना सफल हुन सकेन । डा. मण्डल त्रिभुनव विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) महाराजगञ्ज क्याम्पसबाट एमविविएस उत्तीर्ण गरी सन् २०१३ मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त चिकित्सक हुन् ।

स्वयम्भू सानोभर्याङ स्थित नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत १२ मंसिरको शनिबार विहान ९ बजे देखी सुरु हुने परीक्षाका लागिआइओएमका विद्यार्थी शर्मा र डा. मण्डलले क्रमस साह र यादवको प्रवेशपत्रमा आ आफ्नो फोटो टासेर हल भित्र छिरेका थिए । परीक्षाका लागि खटिएका कर्मचारीले प्रवेशपत्र संकास्पद मानेपछि थप छानवीन गर्दा उनीहरु नक्कली परीक्षार्थी भएको पत्ता लागेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *