डा. भक्तमान विरुद्ध पौने दुई करोड भ्रष्टाचार गरेको आरोप, विशेष अदालतमा मुद्धा दायर

dr. bhaktamanकाठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड ६७ लाख ५७ हजार ११३ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठ विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

डा. श्रेष्ठले अस्पतालको सेवा प्रवेश गरेदेखि नै सार्वजनिक पदमा बहाल रहँदा आफ्नो पदीय जिम्मेबारी दुरुपयोग गरी गैरकानूनी रुपमा धन आर्जन गरेको अनुसन्धानबाट खुलेको अख्तियारको दावी छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा आयोगको ऐन, २०४८ को दफा २९ बमोजिम जफत गरी राज्यकोषमा दाखिला गरी पाँऊ भनी मुद्दा दायर गरिएको आयोगको भनाइ छ ।

आयोगले डा. श्रेष्ठकी श्रीमती शिलु श्रेष्ठलाई समेत प्रतिवादी बनाएको छ ।

CIAA-office-building

यस्तो छ आरोप-पत्र

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठले अस्पतालमा सेवा प्रवेश गरे देखि नै सार्वजनिक पदमा बहाल रहँदा आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग एवं भ्रष्टाचार गरी गैर-कानूनीरुपबाट सम्पत्ति आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज डा. भक्तमान श्रेष्ठलाई बिगो रू. १,६७,५७,११३।- (अक्षरुपी एक करोड सतसट्ठी लाख सन्ताउन्न हजार एक सय तेह्र) कायम गरी सोही ऐनको दफा २० को उपदफा (२) बमोजिम जरिवाना र कैद सजाय हुन साथै श्रोत पुष्टि हुन नसकेको, भ्रष्टाचार गरी गैह्र कानूनी रुपमा आर्जन गरेको सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत गरी पाउन मागदाबी लिई र सो प्रयोजनका लागि निज डा. भक्तमान श्रेष्ठको श्रीमती शिलु श्रेष्ठलाई समेत प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोपत्र दायर गरिएको छ ।

कुनै पनि प्रकारको भ्रष्टाचारका सम्बन्धमा समयमै सत्य र यथार्थपरक सूचना उपलव्ध गराई आफ्नो हक अधिकार सुनिश्चित गर्नुका साथै भ्रष्टाचारजन्य गतिबिधिको अन्त्य गरी भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने गराउने साझा अभियानमा सक्रिय सहभागिता एवं सहकार्यका लागि आयोग सबैमा हार्दिक अनुरोध गर्दछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *