नक्कली डाक्टर प्रक्ररण : १६१ जनामा छानबीन, २३ जना नक्कली पुष्टि, १३ जना पक्राउ

doctor-528x330रामप्रसाद न्यौपाने / काठमाडौँ – नेपाल मेडिकल काउन्सिलको  लाइसेन्स परीक्षामा पाँच भन्दा धेरै पटक फेल भई उत्तीर्ण भएका १६१  जना डाक्टरमा छानवीन गर्दा २३ जना  नक्कली रहेको पुष्टि भएको छ ।

ती मध्ये १३ जनालाई केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले आज दिउसो ३ बजे सार्वजनिक गर्दैछ । पक्राउ पर्ने अधिकांश उपत्यका तथा तराईका विभिन्न जिल्लामा कार्यरत डाक्टर छन् ।

नेपाल मेडिकल  काउन्सिलको  लाइसेन्स परीक्षामा पाँच भन्दा धेरै पटक फेल भई उत्तीर्ण भएका १६१ जना डाक्टरमा छानवीन गर्दा २३ जना  नक्कली रहेको पुष्टि भएको छ

स्रोतका अनुसार चाइनाबाट एमबीबीएस पास गरी नेपाल मेडिकल काउन्सिलले लिएको परीक्षामा पटक पटक फेल भएका दुई जनाले गत १२ मंसिरमा खेताला परीक्षार्थी खडा गरेपछि नक्कली डाक्टरको पोल खुलेको हो ।

स्वयम्भूस्थित नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित सो परीक्षामा १२ औ पटकसम्म फेल भइसकेका सरोज साहले डा. नीरज शर्मा र ८ औँ पटक फेल भएका नविन कुमार यादवले डा. सुशील कुमार मण्डललाई परीक्षा दिन लगाएका थिए । प्रहरीले शर्मा र मण्डललाई पक्राउ गरी थप छानवीन गर्दा साह र यादवको प्लसटूको सर्टिफिकेट नै नक्कली भएको पत्ता लगाएको थियो ।

उच्चस्रोतका अनुसार सोही घटना पछि सिआईबी, नेपाल मेडिकल काउन्सिल र उच्चमाध्यमिक शिक्षा परिषदले  संयुक्त रुपमा अनुसन्धान टोली गठन गरी पटक पटक फेल भएकाहरुको सर्टिफिकेट अध्ययन गरेको थियो ।

सिआईबी, नेपाल मेडिकल काउन्सिल र उच्चमाध्यमिक शिक्षा परिषदले  संयुक्त रुपमा अनुसन्धान टोली गठन गरी पटक पटक फेल भएकाहरुको सर्टिफिकेट अध्ययन गरेको थियो ।

‘पटक पटक फेल भई पास भएका १६१ जना संकास्पदहरुलाई छानवीनको दायरामा ल्याएका थियौँ । सो क्रममा २३ जनाको कागजपत्र सहित सबै नक्कली भएको पुष्टि भइसकेको छ । थप एक जनाको पुष्टि हुन बाँकि छ । अन्यको छानविन चल्दैछ,’ नेपाली हेल्थलाई उच्चस्रोतले भन्यो, ‘ती मध्येका १३ जनालाई आजै सार्वजनिक गरिने छ ।’

स्रोतका अनुसार टोलीले पटक पटक फेल भई पास भएकाहरुको एसएलसी, उच्च मावि र भारतबाट पास भएकाहरुको छानवीन गर्न टोली भारत नै पुगेर अनुसन्धान गरि फर्केको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *