कान्तिपुरको मुख तथा दन्त स्वास्थ्य विज्ञान प्रदर्शनी सम्पन्न

12659713_10153866041162103_1023294769_n

नेपाली हेल्थ / पोखरा – आफ्नो बार्षिकोत्सवको अवसर पारि कान्तिपुर इन्ष्टिच्युट अफ् हेल्थ साइन्सेस् पोखरा तथा कान्तिपुर डेन्टल हस्पिटल पोखरा शाखाले  सयुक्त रुपमा आयोजना गरेको तीन दिने मुख तथा दन्त स्वास्थ्य विज्ञान प्रदर्शनी सकिएको छ । गत १९ माघ देखी चलेको सो प्रर्दर्शनीमा करीब ५ हजार ५ सय जनाले अबलोकन गरेको आयोजकले जनाएको छ ।

बिहीबार इन्ष्टिच्युटको ११ औँ तथा हस्पिटलको १६ औँ बार्षिककोत्सब परेको थियो । तर प्रर्दर्शनी तीन दिन अघि देखी नै सुरु भएको थियो । प्रदर्शनीमा मुख तथा दन्त स्वास्थ्य सम्वधी जानकारी, सफा रहने पद्धती, उपचार तरिका तथा उपचारमा भित्रिएका पछिल्ला प्रविधि चिनाउने स्टल राखिएको थियो ।

इन्ष्टिच्युटका प्रमुख तथा कान्तिपुर डेन्टल कलेजका अध्यक्ष डा बुद्धिमान श्रेष्ठका अनुसार प्रदर्शनीमा चिकित्सक, विद्याथीर्, शिक्षक तथा स्थानीयहरुको सक्रिय सहभागीता थियो । आएका सर्वसाधारणलाई मुख तथा दाँत कसरी स्वास्थ्य राख्ने ? किन स्वास्थ्य राख्ने ? यसको अस्वस्थताले हामीलाई केके हानी हुन्छ भन्ने बारेमा जानकारी दिइइको थियो ।12659869_10153866043457103_2020684820_n

उनीहरुलाई विश्व बजारमा आएका तथा नेपाली बजारमा आएका मुख तथा दन्त उपचार बारेमा पनि जानकारी गराइएको थियो । सोही अवसरमा राखिएको निशुल्क मुख तथा दन्त स्वास्थ्य सिविरमा चार सय बढीले मुख तथा दन्त परीक्षण गराएका थिए ।

यसैबीच बिहीबार भएको बार्षिकोत्सव समारोहमा बोल्दै पोखरा उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत झलकराम अधिकारीले मुख तथा दन्त स्वास्थ्यका क्षेत्रमा कान्तिपुर इन्ष्टिच्युट तथा डेन्टल अस्पतालको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।उनले कान्तिपुरले राख्ने निशुल्क दन्त स्वास्थ्य सिविरबाट धेरै गरीबहरुले समेत लाभ लिएको बताएका छन् ।

budd

कार्यक्रमका बिशिष्ट अतिथि अष्टेलियास्थित लाट्रोप युनिभर्सिटीका कार्यक्रम संयोजक रन क्लेन्भलले पोखराको कान्तिपुर इन्ष्टिच्युट र काठमाडौमा रहेको कान्तिपुर डेन्टल कलेजसंग सहकार्य गरी मुख तथा दन्त स्वास्थ्यमा काम गर्न चाहेको बताए । उनले मुख तथा दन्त स्वास्थ्यका क्षेत्रमा अनुसन्धान गर्न सक्दो सहयोग गर्ने समेत बताए । त्यसो त लाट्रोप युनिभर्सिटीसंग कान्तिपुरले सन २००२ देखी नै सहकार्य गर्दै आएको छ । कान्तिपुर इन्ष्टिच्युट अफ् हेल्थ साइन्सेस्मा हाल १२० जना विद्यार्थी अध्ययनरत छन् । 

रिसर्च एण्ड कम्यूनिटी डेभलप फण्ड स्थापना

यसैबीच कान्तिपुर इन्ष्टिच्युट अफ् हेल्थ साइन्सेस्को अग्रसरतामा पोखरामा रिसर्च एण्ड कम्यूनिटी डेभलप फण्ड स्थापना गरिएको छ ।

सो फण्डले पोखराका अति दुर्गम गाँउमा मुख तथा दन्त स्वास्थ्य सिविर साथै स्कुलमा मुख तथा दन्त स्वास्थ्य सम्वन्धी जनचेतना मुलक कार्यक्रम गर्न प्रयोग हुने बताइएको छ ।

विहीबार घोषणा गरिएको सो फण्डका लागि समाजसेवी मनोज श्रेष्ठले २५ हजार रुपैयाँ र युवा निर्माण व्यावसायी हिक्मतजंग कार्कीले १५ हजार रुपैयाँ प्रदान गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *