‘एक मान्छे जो रुखमा परिवर्तित हुँदैछ’ (एक बंगलादेशी युवकको फोटो कथा सहित)

1
२५ बर्षीय अबुल बाजान्दर

ढाका – एक बंगलादेशका युवा जसलाई अहिले ट्रि म्यानको नामले चिनिदै छ । यसको कारण हो उनको हात र खुट्टाबाट उम्रिरहेको रुख जस्तो भागहरु ।

खुल्नाका भन्ने ठाँउका २५ बर्षीय अबुल बाजान्दरका एक छालासम्बन्धी बंशाणुगत भयंकर र बिरलै देखिने रोगबाट विगत ७ बर्ष देखि पिडीत छन् । जसलाई इपिडर्मो डिस्प्लासिया भेरुसी फर्मिसको संज्ञा दिइन्छ ।

ढाका मेडिकल कलेज एण्ड हस्पिटल( डीएमसीएच)मा भर्ना भएका उनलाई सो अस्पतालको विशेषज्ञहरुको समूहले अब के गर्ने भन्ने निर्णय गर्नेछन् ।2

डिएमसीएच ( ढाका मेडिकल कलेज एण्ड हस्पिटल)का प्रमुख डाक्टर समन्तालाल सेनका अनुसार  यो एक विरलै देखिने तर भयंकर डरलाग्दो छाला सम्वन्धी बशाणुगत रोग हो । जसले शरीरभरी बार्स (बाक्लो र खस्रो छाला, रुखजस्तो ) बनाउछ ।

यो रुख ‘ह्युमन पेपिलोमा’ भाइरसको संक्रमणबाट हुन्छ ।डा.सेनले यो भन्दा अघि रोम र इन्डोनेसियामा यस्तै केस भेटिएको बताए ।उनी भन्छन् , ‘ बंशाणुगत रुपले यस्तो समस्या आउन उसको आमा र बुबाबाट दुईवटा खराब इपिडर्मोडिस्प्लासिया भेरुसी फर्मिस( इभी ) जीन बच्चामा आउनुपर्छ ।’

3

 भर्ना भएका बजन्दरलाई हेर्न डिएमसीएच मै डाक्टरहरुको घूइचो थियो । यसअघि इन्डोनेसियाका डेडे कोश्वारा नामका यस्तै समस्या भएका युवाको अस्पतालका ६ किलो वार्टस( बाक्लो छाला) सर्जरी गरेर निकालिएको थियो ।

4

5

6

7

8

शव्द / तस्विर : डेलिमेल

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *