राष्ट्रपतिद्धारा स्वास्थ्यका दुई विधेयक प्रमाणिकरण

bidyaनेपाली हेल्थ / काठमाडौँ -राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्बाट पारित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक २०७२ र खोप विधेयक २०७२ प्रमाणिकरण गरेकी छन् । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती दुई विधेयक प्रमाणिकरण गरेकी हुन् ।

गत १३ मा स्वास्थ्यमन्त्री रामजनम चौधरीले सरकारका तर्फबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक २०७२ संसदमा पेश गरेका थिए । सोही दिन सो विधेयक पारित भएको थियो ।

त्यसैगरी गत २० को संसद बैठकमा सरकारका तर्फबाट स्वास्थ्यमन्त्री चौधरीले पेश गरेको खोप विधेयक २०७२ पनि सर्वसम्मतीले पारित भएको थियो ।

खोप सेवालाई व्यवस्थित गराउन बनाईएको सो विधेयकमा विना अनुमती खोप सञ्चालन गर्ने संस्था माथि ५ लाख सम्म जरिवाना गर्ने उल्लेख छ ।

दुबै विधेयक बुधबार प्रमाणिकरण भएपछि अबको ९१ औ दिनबाट कानूनको रुपमा लागूहुने छ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *